• तिमीबिना बाँच्न सक्छु…

    म्यूजिक खबर
    प्रकाशित: १० फाल्गुन २०७१, आईतवार

    काठमाडौं । सुत्र ब्याण्डमा आबद्ध रहेका सुरज थापाको नयाँ गीत तिमी बिना बाँच्न सक्छु यतिबेला डिजिटल प्रविधिमा अग्रस्थानमा आइरहेको छ । सुरज थापाकै शब्द, संगीत र स्वर रहेको तिमी बिना बाँच्न सक्छु क्रन्दन एल्बममा समावेश गरिएको छ । गोपाल रसाइलीको संगीत संयोजन रहेको यस गीतको म्यूजिक भिडियोमा विमलेश अधिकारी, रुवी रुम्बा तामाङ र रिग्देव इतानीको अभिनय रहेको छ । दिपेश बोहराको छायाँकन रहेको यस गीतको म्यूजिक भिडियोलाई सुत्र इन्टरटेनमेन्टका केशव खड्काले निर्देशन गरेका हुन् । ब्ल्याक पेरियल इन्टरटेनमेन्ट एण्ड प्रोडक्सनको पोष्ट प्रोडक्सनमा निर्माण भएको यो म्यूजिक भिडियोको सम्पादन हरिश सिन्हाले गरेका हुन् । तिमी बिना बाँच्न सक्छुको अडियो भिडियो प्रोडक्सन भने सुत्र इन्टरटेनमेन्टले गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु