• तुलसीले सुनाए प्रेम कहानि (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २२ आश्विन २०७२, शुक्रबार

    स्पेन । तुलसी सिवकोटी परदेशी भूमिमा बसोबास गर्दै आएका गायक हुन् । स्पेनमा गीतकार सुमन वैरागीको शब्द कस्तो भयो होला नेपाल मेरो गाउँ लाई आवाज दिएर गायकको पक्तिंमा उभिएका तुलसी सिवाकोटीले यतिबेला आफ्नो दोस्रो प्रस्तुति लिएर आएका छन् । पहिलो गीतबाट नै गायकको रुपमा चिनिएका सिवाकोटीले सांस्कृतिक कार्यक्रमहरुमा राष्ट्रिय स्तरका विभिन्न अग्रज कलाकारहरुसँग प्रस्तुति दिइसकेका छन् । यसरी पहिलो गीतको लोकप्रियता र सफलताबाट हौसिएका सिवाकोटीले यतिबेला नयाँ गीत ‘तिम्रो मेरो प्रेम कहानी’ लिएर दर्शक तथा श्रोता माझ आएका छन् । पछिल्लो समयमा अत्यन्त लोकप्रिय रहेको सामाजिक सञ्जाल युटुव मार्फत सार्वजनिक गरिएको उक्त गीतको म्यूजिक भिडियोमा साइप्रसका विभिन्न रमणिय स्थललाई प्रयोग गरिएको छ । गीत रेकर्डिङका क्रमदेखि म्यूजिक भिडियो बनाउने समयसम्म आफूले निकै नै कसरत गरेकाले गीत राम्रो भएको दाबि गर्छन् सिवाकोटी । उक्त भिडियोमा साइप्रसकै मोडल स्पाईरौला काइजेर र नेपाली मोडल दिपेन भण्डारीको अभिनय रहेको छ । गायक तुलसी शिवाकोटीको स्वर, कल्पना खरेलको शव्द र रियाज शिवाकोटीको संगीत रहेको उक्त गीतको निर्देशन संजयविक्रम शाहले गरेका हुन् । स्पेनमा रहेको ईनास म्युजिकल ब्याण्डको यो दोस्रो भिडियो हो ।

    भिडियो हेर्नुहोस् :

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु