• तेस्रो सर्ट फिल्म फेस्टा हुने, चलचित्र दर्ता आव्हान

    म्यूजिक खबर
    प्रकाशित: ११ मंसिर २०७४, सोमबार

    ११ मंसिर , काठमाडौं । सर्ट फिल्मलाई लक्षित गर्दै धेरै नै फेस्टिभल हुने गरेका छन् तर केहि अगाडी नै छायाँछबि क्रियसनले पहिलो पटक काठमाडौं सर्ट फिल्म फेस्टा–२०१३ तथा काठमाडौं सर्ट फिल्म फेस्टा–२०१५ आयोजना गरेको थियो। सर्ट फिल्मको निर्माण विस्तारै फराकिलो बन्दै गइरहेको तर यसको बजार नहुनुले सर्ट फिल्म निर्माण गरेर पनि सम्बन्धित फिल्म मेकरहरु निराश भइरहदा हौसला बढाउँनकै निमित फेस्टिभलको आयोजना गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    यसको तेस्रो संस्करणको रुपमा ‘काठमाडौं सर्ट फिल्म फेष्टा २०१७’ आयोजना गर्न लागिएको जारि प्रेस विज्ञप्तिमा उल्लेख छ । पौषको अन्तिम साता राजधानीमै आयोजना हुने यस फेस्टिभलमा प्रदर्शनसंगै सम्बन्धित फिल्मसंग अन्तरक्रिया समेत गराइने जनाइएको छ । यस फेस्टामा बृत्तचित्र, फिल्म, कार्टुन-एनिमेशन लगायतको विधामा निर्मित फिल्महरुले भाग लिन पाउनेछन् । भाग लिने फिल्मको लम्बाई भने ३ मिनट देखि ४५ मिनेट भित्रको हुनु पर्नेछ ।

    फेस्टामा सहभागी हुनका लागि छायाँछबि क्रियशनको कार्यालय डिल्लीबजारमा मंसीर १५ सम्म माथि सम्पूर्ण प्रक्रिया पुर्याई दर्ता गर्नु पर्ने हुन्छ । सर्ट फिल्मले प्रथम, द्वितीय, तृतीय सहित ‘बेस्ट फिक्सन सर्ट फिल्म’, ‘बेस्ट डकुमेन्ट्री सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’, इनकरेजमेन्ट अवार्ड र ‘पब्लिक च्वाईस अवार्ड’ सहीतका विधालाई पुरस्कृत गरिनेछ भने केहि विधाका विजेतालाई नगद पनि प्रदान गरिनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु