• थापा, चौलागाई र डाँगीको त्रिवेणी ‘पागलै बनौला मेरी मायालु’

    म्यूजिक खबर
    प्रकाशित: ८ आश्विन २०७२, शुक्रबार

    माया भन्दै चिज्च्याउँदै कराउँदै
    हाँस्दै छिन्मा रुँदै बरबराउँदै
    पागलै बनौला मेरी मायालु
    गल्लीमा हराउँदै बेस्सरी कराउँदै
    तिम्रै नाम भनौंला मेरी मायालु

    चर्चित गायिका मुना थापा र गायक विमल डाँगीको स्वरमा रहेको पागलै बनौंला मेरी मायालु युवा गीतकार गणेश चौलागाईंले लेखेका हुन् । गीतसंगीतको क्षेत्रमा निरन्तर कलम चलाइरहेका गीतकार चौलागाईंको शब्दमा गायक विमल डाँगीको लय रहेको पागलै बनौंला मेरी मायालु यतिबेला डिजिटल बजारमा राम्रो चर्चा पाइरहेको छ ।

    pagalai ganesh chaulagai saudi arabia
    यस गीतको म्यूजिक भिडियोसमेत तयार पारिएको छ । जसमा अन्जु निरौला र विनोद श्रेष्ठको अभिनय रहेको छ भने कपिल लामाको निर्देशन एवं राजेश घिमिरेको छायाँकन रहेको छ । विन्दबासिनी म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको पागलै बनौंला मेरी मायालु पछिल्लो समय राम्रो चर्चा पाउने क्रममा रहेको छ । पानसमा बत्ती बालेको, तिमी गयौ अर्कैको डोलीमा, भाग्य फुट्यो ऐना फुटेझैं, यो मुटु तिम्रै हो, एउटा कुरा भन्न त पाइएला जस्ता चर्चित गीतमा स्वर दिएका गायक डाँगी पछिल्लो समयमा अमेरिकामा छन् भने गीतसंगीतको क्षेत्रमा पनि उत्तिकै छाइरहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु