• दरबार रोधीघरले मनायो वार्षिकोत्सव सप्ताह

    म्यूजिक खबर
    प्रकाशित: १३ भाद्र २०७२, आईतवार

    काठमाडौं । काठमाडौंको उत्तरढोकामा रहेको दरबार रोधीघरले आफ्नो पहिलो वार्षिकोत्सवको सप्ताह नै सम्पन्न गरेको छ । हरेक हप्ता अतिथि कलाकारको साथमा थप मनोरञ्जन प्रदान गर्दै विभिन्न कार्यक्रमहरु प्रदान गर्दै आएको यस रोधी क्लबले भाद्र ५ गते औपचारिक रुपमा वार्षिकोत्सवको उद्घाटन गर्दै एक हप्तासम्म विभिन्न सांस्कृतिक कार्यक्रमका साथ अतिथिहरु बोलाएर वार्षिकोत्सवको समापन गरेको छ । उद्घाटन शत्रमा सिंचाई मन्त्री एनपी साउदको प्रमुख अतिथ्यमा कोमल वलीको विशेष आतिथ्यता रहेको थियो । वार्षिकोत्सवको अवसरमा दरबार रोधी घरले युवापुस्ताका चर्चित गायक राजु परियारलाई ‘दरबार रोधी घर स्रष्टा सम्मान २०७१’बाट सम्मान समेत गरेको थियो ।

    muna thapa
    विभिन्न सांस्कृतिक कार्यक्रमसहित एक हप्तासम्म वार्षिकोत्सवको सप्ताह मनाएको दरबार रोधीघरको समापनका दिनमा भने राजेश हमालको प्रमुख आतिथ्यता रहेको थियो । समापनका अवसरमा विशेष अतिथिका रुपमा निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, गायिका मुना थापा लगायतका रहेका थिए । प्रत्येक दिन चर्चित कलाकारका साथमा वार्षिकोत्सवका सप्ताह मनाउँदा चर्चित गायक पशुपति शर्मा, रमेशराज भट्टराई, विजय थापा, ऋतु थापा जस्ता कलाकारको प्रस्तुति रहेको रोधीघरका संचालक अशोक गिरीले बताए । सोही अवसरमा विभिन्न क्षेत्रमा आबद्ध रहेका कलाकार पत्रकारलाई सम्मान एवं कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन भने गायक पीएन सापकोटाले गरेका थिए ।

    raju pariyar

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु