• दश देशका कलाकार नचाउँदै एभरेष्ट नेपाल

    म्यूजिक खबर
    प्रकाशित: १६ फाल्गुन २०७०, शुक्रबार

    काठमाडौं, १६ फागुन । एभरेष्ट नेपाल कल्चरल ग्रुपले विहीबार राजधानीमा दश देशका तीन सयभन्दा धेरै कलाकारहरुलाई नचाउन सफल भएको छ । फागुन १४ बाट २३ गतेसम्म हुन लागेको सातौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका अवसरमा उक्त कलाकारहरुलाई नचाइएको हो ।
    लोक कला संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै आएको एभरेष्ट नेपाल कल्चरल गु्रपले नेपालको संस्कृतिलाई विदेशमा विस्तार गर्ने र विदेशी संस्कृतिलाई पनि नेपालमा भित्र्याउँदै पयर्टन प्रबद्र्धनमा योगदान पु¥याउने गरेको छ । ग्रुपका अध्यक्ष आरसी कोइरालाले राज्यले गर्न नसकेको काम आफूहरुले व्यक्तिगत तबरबाट गरिरहेको बताउँदै सातौं पटक गरिएको अन्तर्राष्ट्रि लोक सांस्कृतिक मेलाले पर्यटन प्रबद्र्धनमा उल्लेख्य योगदान पु¥याउनेमा विश्वस्त रहेको बताए । काठमाडौं, हेटौंडा, धादिङ लगायतका जिल्लाहरुमा गरिन लागिएको यो मेलामा देश देशका कलाकारहरुको उपस्थिति रहेको छ । भारत, कोरिया, जर्मनी, घाना, इन्डोनेशिया, बंगलादेश, मेक्सिको, इजरायल लगायतका देशहरुका कलाकारहरुले आ–आफ्नो देशको कला संस्कृतिलाई नेपालमा देखाउनेछन् भने नेपाली कला संस्कृतिका विभिन्न क्षेत्रका नृत्यहरु पनि प्रस्तुत गरिनेछ । यस कार्यक्रम औपचारिक रुपमा विहीबारबाट सुरु भएको छ भने २३ गतेसम्म यो कार्यक्रम जारी रहनेछ ।

     international folk

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु