• दाङमा श्रेष्ठ, भट्ट र अधिकारी सम्मानित

    म्यूजिक खबर
    प्रकाशित: २९ चैत्र २०७१, आईतवार

    देउखुरी । दाङको देउखुरीस्थित सिसहनिया युवा सञ्जालले आयोजना गरेको सांस्कृतिक कार्यक्रमका अवसर पारेर संगीतकार सन्तोष श्रेष्ठ, निर्देशक प्रकाश भट्ट, निर्देशक समन अधिकारीलाई सम्मान गरिएको छ । उनीहरुसँगै संगीतकार यादवनाथ योगी र गीतकार करण न्यौपानेलाई पनि सम्मान गरिएको छ । अनाथ बालबालिकाको सहयोगार्थ आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको हो ।
    सञ्जालका अध्यक्ष गौरीशंकर पाण्डे र माउन्टभिज् प्रा.लि.का हेमराज केसीलगायतले कलाकारहरूलाई सम्मान गरेका थिए ।
    कार्यक्रममा गायक बावु वोगटी, गायिका कृष्ण गुरुङ, साहिमा श्रेष्ठ, नृत्याङ्गना पार्वती राई, हाँस्यकलाकार कमल गाउँले, मोडल सुप्रिया कटवाल, विनु खड्का, गायिका सृजना खत्रीलगायतले आ–आफ्ना प्रस्तुति देखाएका थिए ।

    saman adhikari

     

    krishna gurung 1

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु