• दार्जिलिङका कर्म ग्याल्छेनको एकल साँझ पोखरामा हुने

    म्यूजिक खबर
    प्रकाशित: २२ आश्विन २०७४, आईतवार

    असोज २२, पोखरा । दार्जिलिङका गायक कर्म ग्याल्छेन बमजनको एकल गायन कार्यव्रmम पोखरामा हुने भएको छ । आगामी कार्तिक ११ गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको हलमा हुने कार्यव्रmममा ग्याल्छेनलाई अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ् पोखरा, गतिशील मञ्जरीले संयुक्त रुपमा उभ्याउन लागेका हुन् ।

    २ दशकभन्दा लामो समयदेखि गायन क्षेत्रमा लाग्नुभएका गायक ग्याल्छेनको पहिलो एकल गायनमा दार्जिलिङमै जन्मेर विगत २ दशकदेखि पोखरालाई कर्म क्षेत्र बनाउनुभएकी गायिका शीतल थापा र पोखराकी गायिका रोशनी गुरुङले साथ दिने कार्यव्रmम संयोजक अनुराग अधिकारीले जानकारी दिनुभयो । ग्याल्छेनले ५ सयभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ भने गायिका थापाका २ दर्जन र गुरुङका आधा दर्जन गीत रेकर्ड भएका छन् ।

    हेटौँडा डेरीको मुख्य प्रायोजनमा हुने कार्यव्रmमका लागि अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा १५ सदस्यीय आयोजक मूल समिति गठन गरिएको छ । समितिका सह–संयोजकमा मनकुमार श्रेष्ठ, सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा नर्वदा पराजुली, सहसचिवमा भागिरथी सुवेदी र सदस्यहरुमा श्याम गुरुङ, गोविन्द सिन्जाली, रुद्र श्रीष मगर, पुनम बस्नेत, शान्ति पराजुली आचार्य, हिमादेवी बराल रेग्मी, उर्मिला पराजुली, शशी बराल, सुरज उपाध्याय र अनुज कुुलुङ रहनुभएको छ ।

    कार्यव्रmममा गायक ग्याल्छेनले नारायण गोपाल, गोपाल योन्जन, दीप श्रेष्ठ, प्रेमध्वज प्रधान, अरुण थापा, प्रदीपराज पाण्डेलगायत अग्रज कलाकारका कालजयी गीत तथा आफ्ना गरी एक दर्जन गीत प्रस्तुत गर्नुहुने छ । साथमा, गायिकाद्वय थापा र गुरुङले ग्याल्छेनसँगै युगल र एकल प्रस्तुति राख्नुहुने आयोजक समितिकी कोषाध्यक्ष नर्वदा पराजुलीले जानकारी दिनुभयो ।

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु