• दिवस र मलिनाको पातले वनमा रोमान्स (फोटो फिचर)

    म्यूजिक खबर
    प्रकाशित: २१ चैत्र २०७०, शुक्रबार

    काठमाडौं, २२ चैत । आजभोलि नजिक पार्क नभएका कारण युवायुवतीहरु टाढा टाढा धाएरै भए पनि रोमान्स गर्न भने पछि हट्दैन । नाम चलेका हुन् या भर्खरका जोडी नै किन नहुन् रोमान्स गर्न पाउँदा कसैको मतलव नै राख्दैनन् । पातले बनमा रोमान्स गर्नेहरुमा दिवस र मलिना पनि परेका छन् । उनीहरुको रोमान्सले नयाँ मोड लिएको छ । पातले वनमा आवाज मागिरहेकी मलिनालाई आवाज दिन गएका दिवससँग रोमान्स मात्र होइन धेरै कुरा भयो । योगेन्द्रमणि दाहालको शब्दमा तयार भएको आवाज देउ बोलको गीतको म्यूजिक भिडियोमा भएको रोमान्सलाई हामीले यहाँ प्रस्तुत गरेका हौं ।
    मिलन अमात्यको स्वर कमल खत्रीको संगीत रहेको आवाज देउ बोलको गीतमा रोमान्स गर्नेहरुमा दिवस उप्रेती, मलिना जोशी, सिल्सा जिरेल, सर्वासश्री अर्याल हुन् । हरि हुमागाईको छायाँकनमा सहेन्द्र श्रेष्ठको निर्देशनमा तयार पारिएको आवाज देउ बोलको गीतको म्यूजिक भिडियोमा दिपेन्द्रराज डंगोलले सह निर्देशन गरेका हुन् । पातले वनको विनयार्ड रिसोर्टको रमणीय दृश्यहरुमा छायाँकन गरिएको यो गीतको सम्पादन भने प्रकाश तुलाधरको रहेको छ ।

     

    dahal vdo yogendramani_vdo yogendramani_vdeo yogendramani_vde yogendramani yogendramani dahal yogendra jodi harsika-yogendra harsikaa harsika

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु