![LP Joshi-Laxmi Prasad Joshi](https://musickhabar.com/wp-content/uploads/Lp-josi-150x150.jpg)
काठमाडौं । कलाकार तथा संचारकर्मीको एक टोलीले बौद्धनाथ क्षेत्रका भुकम्प पीडितलाई राहत बितरण गरेको छ । भुकम्पबाट पीडित बनेका बौद्धनाथ क्षेत्रका दुई सय एकल महिलालाई कलाकार संचारकर्मी सरोज केसी, पूर्व मिस नेपाल रुवी राणा, गायक सिताराम पोखरेल, नायिका रुपा राना, नायिका कविता शर्मा, कलाकार गोमा केसी, गायिका प्राश्ना शाक्य, समाजसेवी प्रजय विक्रम शाह, संचारकर्मी सूर्य चन्द, समाजसेवी चम्पा नेपाल, कृष्ण देवकोटालगायतको टोलीले राहत बितरण गरेका थिए ।
भुकम्पले घरविहीन बनाएपछि एकल महिलाहरु आकाशको छानोमुनी बस्न बाध्य भएका कारण उनीहरुलाई नै राहत प्रदान गर्दा उपयुक्त हुने बताउँदै कलाकार सरोज केसी लगायतका टोलीले चामल, दाल, नून, तेल लगायतका खाद्य सामग्री प्रदान गरेका बताएका थिए । निस्वार्थ रुपमा समाजसेव ागर्न सबैलाई आग्रह गर्दै कलाकारहरुले पीडामा परेका एकल महिलाहरुको पहिचान गरी राहत बितरण गरिएको बताएका छन् । सबै राजधानी बाहिरलाई मात्र फोकस गर्दै हिंडेको बेला राजधानीमा भएका पीडितहरुलाई मध्यनजर गरेको कलाकारहरुले बताएका छन् ।