• देवी उत्कृष्ट गायिका, रातो पछ्यौरी उत्कृष्ट एल्बम

    म्यूजिक खबर
    प्रकाशित: २९ जेष्ठ २०७३, शनिबार

    चौथो वायो राष्ट्रिय लोकदोहोरी अवार्ड २०७३ मा गायिका देवी घर्तीले उत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् भने शकुन्तला थापाको लोकदोहोरी एल्बम रातो पछ्यौरीले उत्कृष्ट एल्बमको अवार्ड चुम्न सफल भयो । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा जेठ २८ मा सम्पन्न भएको चौथो वायो राष्ट्रिय लोकदोहोरी अवार्ड २०७३ मा २०७२ र २०७३ का विभिन्न २० विधाका स्रष्टा एवं सिर्जनाले अवार्ड चुमेका थिए ।

    shankar bc
    अवार्डमा गायक कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्दै लोकदोहोरीको विभिन्न प्रस्तुतिसहित आयोजना गरिएको उक्त कार्यक्रममा गायिका लक्ष्मी न्यौपानेलाई दशकको गायिकाको सम्मान गरियो । विदुर खतिवडालाई पत्रकारिता सम्मान दिइयो भने पृथ्वी थकालीलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै म्यूजिक भिडियोमा कोरश नृत्य गर्नेहरुमध्येबाट कोरश सम्मान आरके महतलाई प्रदान गरिएको थियो ।

    babbu thapa
    कार्यक्रममा वरिष्ठ गायक नारायण रायमाझी, पुरुषोत्तम न्यौपाने, राजु परियार, पशुपति शर्मा, मेक्सम खाती र बीमा कुमारी दूरा, शर्मिला गुरुङ, सुनिला गुरुङ, देवी घर्ती, शान्ति श्री परियार लगायतले गीतसंगीत प्रस्तुत गरेका थिए भने शंकर बिसी र पार्वती राईको समूहले सांगीतिक नृत्य प्रस्तुत गरेको थियो । बिसीले पुराना लोकदोहोरी गीतहरुको संयोजन गर्दै नृत्य प्रस्तुत गर्दा लोकदोहोरीको पुनरागमनभए जस्तो भएको थियो । त्यस्तै सत्यावती कलाकेन्द्रका कलाकारहरुले गीतिनाटक प्रस्तुत गरेका थिए ।

    चर्चित गायक राजु परियारको दरौं सिरुवारीले उत्कृष्ट लोकगीतको अवार्ड चुम्न सफल भयो । राजेश घिमिरेले उत्कृष्ट छायाँकारको अवार्ड चुम्न सफल भ एभने सुजन शाही उत्कृष्ट म्यूजिक भिडियो सम्पादक बन्न सफल भए । त्यस्तै मानबहादुर बराल उत्कृष्ट रेकर्डिष्टको अवार्ड चुम्न सफल भए भने कमल सौराग उत्कृष्ट संगीत संयोजक बन्न सफल भए । उत्कृष्ट म्यूजिक भिडियो निर्देशक बब्बु थापा बने भने मोडलमा शंकर बिसी र रश्मी तामाङ उत्कृष्ट बने ।
    अवार्ड चुम्ने स्रष्टा र सिर्जना यसप्रकार छन् ः
    लोकगीत ः राजु परियार
    लोकदोहोरी गायिकाः देवी घर्ती
    लोकदोहोरी गायकः पुष्कल शर्मा
    लोकदोहोरी शब्दः प्रसाद लामिछाने
    लोकदोहोरी भाकाः रामु खड्का
    लोकदोहोरी एल्बमः रातो पछ्यौरी
    म्यूजिक भिडियो निर्देशकः बब्बु थापा
    म्यूजिक भिडियो मोडल ः शंकर बिसी र रश्मी लामा
    छायाँकार ः राजेश घिमिरे
    सम्पादनः सुजन शाही
    लोकदोहोरी नव गायक ः मोहन केसी
    लोकदोहोरी नवगायिकाः तुलसी घर्तीमगर
    संगीत संयोजनः कमल सौराग
    बाद्यवादकः प्रदीप अधिकारी
    प्रतियोगी गायकः जीवन दाहाल
    प्रतियोगी गायिकाः डिला विक
    रेकर्डिष्टः मानबहादुर बराल
    दोहोरी साँझ गायकः राजु केसी
    दोहोरी साँझ गायिका ः लक्ष्मी पुन
    पब्लिक च्वाइसः मोहन केसी

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु