• देश बचाउने नयाँ पार्टी चाहिन्छ : पंगेनी

    म्यूजिक खवर
    प्रकाशित: ६ आश्विन २०७१, सोमबार

    काठमाडौं, ५ असोज । लोकगायक बद्री पंगेनीले देशमा भएका कुनै पनि पार्टीले देशको रक्षा गर्न सक्षम नभएका कारण अब देश बचाउने र राष्ट्रियताको रक्षा गर्दै स्वाभिमानी नेपाली बन्नका लागि देशभक्तहरुको नयाँ पार्टी बन्नुपर्ने बताएका हुन् । गीतकार शिव सुवेदीको शब्द संगीतमा तयार पारिएको गीत दुखेको देश सार्वजनिक कार्यक्रममा पंगेनीले उक्त कुरा भनेका हुन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, नेकपा एमालेका नेता रविन्द्र अधिकारी र एनेकपा माओवादीका नेता खिमलाल देवकोटाको हातबाट दुखेको देशको सार्वजनिक गरिएको हो ।
    मुलुकले संविधान नपाउने अवस्था नजिक आइरहेको बेलामा दोस्रो संविधानसभाबाट करोडौं खर्च गरेर देशको अवस्था अक्रान्त बनाइएको यथार्थ घटनाक्रमलाई चित्रण गरी गीतकार शिव सुवेदीले दुखेको देशमार्फत् नेताहरुलाई खबरदारी गरेका छन् । कार्यक्रममा गायक बद्री पंगेनीले मुलुक जोगाउन सच्चा नेताहरुको नयाँ पार्टी बन्नु पर्ने अवस्था आएको बताउँदै राजनीतिले सबै क्षेत्रलाई धरापमा पारेको बताए । गायक पंगेनी, पशुपति शर्मा र जुना श्रीषले दुखेको देशमा रहेको गीत गाएर सुनाएका थिए ।
    कार्यक्रममा एमालेका नेता रविन्द्र अधिकारीले देशलाई सबै मिलेर माया गर्नुपर्ने र देशको रक्षार्थ सबै एकजुट हुनुपर्ने बताउँदै राजनीतिक दलहरु देशप्रति चिन्तित हुनुपर्ने बताए । त्यस्तै एमाओवादीका नेता खिमलाल देवकोटाले दीर्घ रोगी नेताहरुका कारण जनताहरुले देशको नीति नियम स्पष्ट बोल्न नसकेका कारण देशले दुःख बेहोर्नु परेको बताए । त्यसैगरी कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकमा भएका नेताहरुको स्पष्ट नीति नियम बन्न नसकेको कारण सम्पूर्ण नेपाली र नेपालका सीमाहरु अक्रान्त बनिरहेको छ भन्दै सच्चा देशभक्त जन्माउने आमाहरुलाई पनि कार्यक्रममा समावेश गर्नुपर्ने बताएका थिए ।
    गीतकार संघ नेपालको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतिको आसनबाट बोल्दै संघका अध्यक्ष योगेन्द्रमणि दाहालले हामी कलाकार, गायक, गायिका एवं सम्पूर्ण नेपालीहरु आज सचेत बन्दै अघि बढ्नुपर्ने औंल्याएका थिए । गीतकार सुवेदीले आफू सच्चा नेपाली नभएसम्म एउटा कलाका बन्न नसक्ने बताउँदै आफ्ना गीत लेखनका प्रेरणा दिने राजनीतिकर्मीकै फोहोरी खेल भएको बताएका थिए ।

    musickhabar

    musickhabar suman

    eknarayan

    badri

    arjun_shiba

    arjun

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु