• दोहोरीगीत प्रतियोगितामा रविनको समूह विजयी

    म्यूजिक खबर
    प्रकाशित: २३ असार २०७४, शुक्रबार

    असार २३, काठमाडौं । साँस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) को आयोजनामा पहिलो पटक भएको राष्ट्रव्यापी खुला दोहोरी प्रतियोगीतामा गायक रविन लामिछानेको समूह प्रथम हुन सफल भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको समूह प्रथम भएको हो । समितिवाट दोहोरी गायक रविन लामिछानेले नेतृत्व गरेका थिए । लामिछानेसंगै सागर विसी, शोभा कार्की र शर्मिला कँडेल थिए । प्रथम हुने समूहले एक लाख रुपैयाँसहित ट्रफी, सर्टिफिकेट प्राप्त गरेका छन् ।

    ramesh bg
    केही समयअघि मात्रै दोहोरी प्रतिष्ठानको आयोजनामा भएको अन्तरसाँझ दोहोरी प्रतियोगीतामा रविन लामिछाने नेतृत्वको समूह प्रथम भएको थियो । रविनको समूहले गोधुली दोहोरी साँझको समूहलाई पछि पार्दै प्रथम बन्न सफल भएको हो । द्धितीय हुन सफल गोधुली दोहोरी साँझका तर्फवाट भिम पौडेल, रत्न श्रेष्ठ, मिना बुढाथोकी लगायतका कलाकार सहभागी थिए । १७ प्रतिस्प्रर्धी समूह सहभागी प्रतियोगीतामा निलहिरा समाज तृतीय भएको छ । समाजवाट श्याम राना र वविता बानिया ‘जेरी’ लगायतका कलाकारले सहभागीता जनाएका थिए । त्यस्तै, डाँफे दोहारी साँझ चितवनले सान्त्वना स्थान हासिल गरेको छ ।

    godhuli
    प्रतियोगीतामा शिर्ष स्थान प्राप्त समूहलाई क्रमश – एक लाख, ५० हजार, २५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
    नृत्य तथा बाद्यबादनको प्रतियोगीता मात्र संचालन गर्दै आएको साँस्कृतिक संस्थानले पहिलो पटक दोहोरी प्रतियोगीता संचालन गरेको हो । असार २० देखि २३ सम्म संचालन भएको प्रतियोगीतामा दर्शकको उल्लेख्य उपस्थित रहेको र कार्यक्रम सफल भएको प्रतियोगीताका संयोजक रमेश विजीले बताए । प्रतियोगिताको निर्णायकमा भने अमरविरही गुरुङ, चन्द्र शर्मा, बद्री पराजुली, कृष्ण गुरुङ रहेका थिए । विजयी भएको रविन लामिछानेको समूहलाई हार्दिक बधाई ।

    rabin lamichhane

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु