• दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष पंगेनी पक्राउ

    म्यूजिक खबर
    प्रकाशित: ४ श्रावण २०७४, बुधबार

    साउन ४, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष गायक बद्री पंगेनी पक्राउ परेका छन् । मंगलबारराती काठमाडौंको बाँसबारी क्षेत्रबाट जुवा खेलिरहेका बेला गायक पंगेनीसहित ११ जना पक्राउ परेको महाराजगंज प्रहरीका डिएसपी गोबिन्द पुरीले बताएका छन् । उनीहरुको साथबाट प्रहरीले २ लाख रुपैयाँ बरामद गरेको छ ।

    badri pangeni_musickhabar
    पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय पठाएको पुरीले बताए । जुवा खेलेको हेर्न जादाँ आफू पक्राउ परेको पंगेनीले बताएका छन् । ससुरालीमा, लाउ चेली सिन्दुर लाउ, मन थिएन जोगी बन्नलाई लगायतका दर्जनौं गीतहरु चर्चामा छन् । प्रगतिशील धारका गीत गाएर चर्चामा पंगेनी पछिल्लो समय एमालेको चुनावी अभियानमा खुला रुपमा नै प्रस्तुत हुँदै आएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु