• दोहोरी प्रतिष्ठानद्वारा स्टेज कार्यक्रमको रोयल्टी हस्तान्तरण

    म्यूजिक खबर
    प्रकाशित: ११ जेष्ठ २०७५, शुक्रबार

    ११ जेष्ठ, काठमाडैं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गीत संगीतको स्टेजमा सार्बजनिक प्रयोग गरे बापतको गीत संगीतको रोयल्टी हस्तान्तरण गरेको छ । प्रतिष्ठानले गत चैत १३ गते देखि १७ गतेसम्म राजधानीमा आयोजना गरेको लोकदोहोरी रनिङ शिल्ड प्रतियोगीतामा सार्बजनिक प्रयोग गरिएका गीतको एकमुष्ठ रोयल्टी हस्तान्तरण गरेको हो ।

    संगीत रोयल्टी संकलन समाज नेपालमा आयोजीत एक कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले स्टेजमा प्रयोग गरिएका गीतको रोयल्टी हस्तान्तरण गर्दै प्रतिष्ठान सधै स्रष्टा सर्जकको रोयल्टीको पक्षमा रहेको बताए । पंगेनीले यो सुरुवात मात्र भन्दै हरेक स्टेजहरु बाट यसैगरी अनिवार्य रोयल्टी संकलन र बितरण गर्न रोयल्टी संकलन समाजहरु संग प्रतिष्ठानले सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे ।


    अध्यक्ष पंगेनीले रोयल्टीका सबै क्षेत्रबाट रोयल्टी संकलन हुदा राज्य पनि आर्थिकरुपमा समृद्ध हुने बताए । यसका लागि सबैको सहकार्य आबस्यक रहेको उनले बताए । प्रतियोगीत अबधिभर बिभिन्न सर्जकका २५ वटा गीत संगीत प्रयोग भएको प्रतिष्ठानले जनाकारी दिएको छ । उक्त रोयल्टी २५ गीतका सर्जकले पाउने छन ।


    कार्यक्रममा संगीत रोयल्टी संकलन समाज नेपालका महासचिव महेश खडका, कोषाध्यक्ष लोकराज अधिकारी प्रतिष्ठानका महासचिव सुवास केसी,कोषध्यक्ष दीपक खडका, सदस्य शिव हमाल लगाएतको उपस्थिती थियो । स्टेजमा गीत संगीतको सार्बजनिक प्रयोग गरे वापत अनिवार्य रोयल्टी तिर्नु पर्ने कानुनि प्रावधान छ । यहि प्रावधान अनुसार आयोजक हरुले रोयल्टी बुझाउन सुरु गरेका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु