• नया“ ‘युग’का अर्जुन र दुर्गा

    म्यूजिक खबर
    प्रकाशित: २६ चैत्र २०७२, शुक्रबार

    काठमाडौं । अर्जुन वा दुर्गा धार्मिक आस्थामा विश्वास गर्नेका लागि भगवान हुन् । तर यतिबेलाका  दुर्गा र अर्जुन भनेका साक्षात् भगवानकै पमा लि“दा पनि हुन्छ संगीत क्षेत्रले । संगीत क्षेत्रमा पछिल्लो पुस्तामा शिखर चुम्ने अभियानमा लागेका संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल नया ‘युग’मार्फत् बजारमा देखिएका छन् ।

    संगीतकार अर्जुन पोखरेलको एकल संगीत तथा गायिका दुर्गा खरेलको एकल स्वरको गीति एल्बम ‘यूग’ बिहिबार काठमाडौंमा लोकार्पण गरिएको छ । सञ्चारकर्मी भरत शाक्य, राजेश खनाल, सामिप्यराज तिमिल्सिना, संगीतकार राम सिटौला, संगीतकार पोखरेल तथा गायिका खरेलले संयुक्त रुपमा उक्त एल्बम लोकार्पण गरेका हुन् । विमोचित एल्बममा संगीतकार खरेल तथा अमृत रेग्मीको शब्द सुन्न सकिन्छ ।

    IMGL8265
    विमोचित एल्बमका पा“च गीतहरुमा फणीन्द्र राई, महाराज थापा, किरण क“डेल तथा अर्जुन पोखरेलको संगीत संयोजन छ । एल्बममा ‘त्यो काले काले केटाले’, ‘के सुनाउ भन साथी’, ‘बरु यो ज्यानको बाजी’, ‘तिमीले त अर्कै मन परायौ’ तथा ‘बा“कि जीवन जीउ“छु’ शीर्षकका गीत समावेश छन् । समारोहमा एल्बमको ‘त्यो काले काले केटाले…’ गीतको म्युजिक भिडियो प्रिमियर गरियो । संगीतकार पोखरेलकै शब्दको यो गीतको भिडियोलाई सञ्चारकर्मी सुव्रत आचार्यले निर्देश्ँन गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा नायिकाहरु नम्रता सापकोटा, रीमा विश्वकर्मँ तथा एनी कु“वरको साथमा मोडल सुशान्त सिंह ठकुरीले आकर्षक नृत्य तथा अभिनय गरेका छन् । यो भिडियोमा माइकल चन्दको कोरियोग्रँफी छ भने अर्जुन तिवारी यो भिडियोका छायांकार हुन् । भिडियोका सम्पादक निशान घिमिरे हुन् । रमाइलो कुरा छ भने, यही गीतको कभर भर्सन यसअघि नै यूट्युबमार्फत लोकप्रिय भैसकेको छ । यूट्युवमा करिव डेढ लाख पटक उक्त भिडियो हेरिसकिएको छ । एल्बमकै ‘बरु यो ज्यानको बाजी’ गीतको म्युजिक भिडियो यसअघि नै प्रदर्शन भैसकेको छ जसमा नायिका महिमा सिलवाल तथा अशोकले अभिनय गरेका छन् । यो गीतको सिआरबिटी तथा पिआरबिटी पनि धेरै पटक डाउनलोड भैसकेको छ ।

    Cover
    सुगम संगीत तथा चलचित्रका गीतमा पाश्र्व गायन गरेर लोकप्रिय भएकी गायिका हुन् दुर्गा खरेल । सुगम संगीतबाटै आफ्नो सांगीतिक यात्रा प्रारम्भ गरेर नेपाल चलचित्रमा अहिले सबैभन्दा व्यस्त तथा लोकप्रिय भएका संगीतकार हुन् अर्जुन पोखरेल । संयोगको कुरा के छ भने गायिका खरेलका अधिकांश लोकप्रिय गीतका संगीतकार अर्जुन पोखरेल नै हुन् । आधुनिक गीत होस् अथवा चलचित्रको गीत, संगीतकार पोखरेलको संगीतमा गायिका खरेलले गाएका अधिकांश गीत लोकप्रिय भएका छन् । यतिबेला गायिका खरेल तथा संगीतकार पोखरेलको सहकार्यमा सुगम संगीतमा आधारित एउटा नया“ एल्बम नै तयार भएको छ, ‘यूग’ ।

    IMGL8261s
    प्रतिभाशाली गायिकाको रुपमा स्थापित भैसकेकी गायिका दुर्गा खरेलले यसअघि ‘दिल’ शीर्षकको एकल एल्बम सार्वजनिक गरिसकेकी छिन् । उक्त एल्बमको ‘किन किन उनीलाई…’ गीत लोकप्रिय मात्रै भएन, गायिका खरेललाई दुई भिन्न एवार्ड समारोहमा सर्वोत्कृष्ट पप गायिकाको एवार्ड दिलाउन समेत सफल भयो । सोही एल्बमको ‘बैंस जस्तो बादल’ गीतबाट गायिका खरेलले छिन्नलता पुरस्कार पाइसकेकी छिन् । उक्त गीतमा सुरेश अधिकारीको संगीत तथा दिनेश अधिकारीको शब्द छ । त्यस्तै सुगमसंगीत गायिकातर्फ बाचा त गरेँ अब बोलको गीतबाट पहिलो म्यूजिक खबर म्यूजिक अवार्ड समेच चुमिसकेकी छिन् ।यसबाहेक चलचित्र ‘दीलमाया’ को ‘छुट्छ कि साथ टुट्छ कि नाता’ गीतबाट गायिका खरेलले पाश्र्व गायनमा नेफ्टा चलचित्र एवार्ड, ‘रिमझिम रिमझिम पानी पर्यो’ बाट विन्ध्वासिनी एवार्ड, ‘मेची महाकाली मिचियो’ गीतबाट इमेज एवार्ड तथा ‘किन किन’ गीतबाट विन्ध्यवासिनी एवार्ड पाइसकेकी छिन् ।

    सुगम संगीतका गीतहरु संगीतबद्ध गर्दै नेपाली चलचित्रसम्म आइपुगेका यी संगीतकार अर्जुन पोखरेल आजको मितिमा चलचित्र संगीतमा सर्वाधिक व्यस्त छन् । उनले संगीतबद्ध गरेका अधिकांश चलचित्रका गीतहरु लोकप्रिय भैरहेका छन् । सुगम संगीतमा पनि उनको संगीत सिर्जनाले निरन्तरता पाइरहेको छ । चलचित्र ‘ठमेल डटकम’ बाट पाश्र्व गायनमा समेत आकर्षक सुनिएका संगीतकार पोखरेलले कर्णप्रिय संगीतमार्फत थुप्रै एवार्डहरु समेत जितिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु