• नवगायक गणेशको सुमधुर गीत ‘माया लाउने यही ज्यान हो’ ! हेर्नुहोस् भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: ९ फाल्गुन २०७४, बुधबार

    फागुन ९, काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा प्रतिभाशाली नवगायक गणेश श्रेष्ठको प्रवेश भएको छ । ‘माया लाउने यहि ज्यान हो’ बोलको गीतसँगै उनले आफ्नो गायन करियरमा खाता खोलेका छन् । गीतको गायकी सुने पश्चात उनलाई प्रतिभाशाली गायकको पंक्तीमा उभ्याइएको छ ।

    फागुन ९, काठमाडौं । चर्चित गीतकार शान्तिप्रियको शब्दमा तयार पारिएको गीतको भिडियो पनि सार्वजनिक भएको छ । गीतलाई अहिलेका चर्चित संगीतकार दिपक शर्माले संगीत गरेका छन् भने नरेन्द्र योगीको एरेञ्जमेन्ट यस गीतमा रहेको छ ।

    भिडियोको निर्देशन गीतकार शान्तिप्रियले आफैले गरेका हुन् भने गीतको छायांकार एवं सम्पादक विरेन्द्र भाट ‘विपिन रेहका छन् । छायांछवि क्रियशनले गीतलाई बजारमा ल्याएको हो ।

    गीतको भिडियो यस्तो छ, हेर्नुहोस् :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु