• नवराजको  ‘तिमि नै हौ मेरो जिवन’ सार्वजनिक ! (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: १३ फाल्गुन २०७४, आईतवार
    फागुन १३, काठमाडौं । प्रतिभाशालि गायक नवराज राईको शब्द, संगीत र स्वरमा ‘तिमि नै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नो प्रेमिका प्रति समर्पित एक प्रमिको भाव यो गीतमा पोखिएको छ । यस गीतलाई प्रदिप श्रेष्ठले एरेञ्ज गरेका छन् ।
    नेपाल र सिङ्गापुरमा सुट भएको म्युजिक भिडियोलाई पछिल्लो समय चर्चामा रहेका निर्देशक राकेश किरातीले निर्देशन गरेका छन् । नेपाल र सिङ्गापुरको मनोरम दृश्यहरु यस भिडियोमा देख्न सकिन्छ । यस भिडियोमा प्रेसिका निरौलालाई फिचरिङ छन् । सार्वजनिक भिडियोको बारेमा बोल्दै निर्देशक राकेशले भने ‘– यो म्युजिक भिडियो एकदम राम्रो बनाउने कोशिस गरेको छु, र केहि नयापन पनि दिन खोजेको छु ।’
    राकेशले निर्देशन गरेको भिडियोमा बुद्ध थापा मगरको सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ । भिडियोमा मेकअप तरुण राईको रहेको छ ।
    भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु