• नविन र भूमिकालाई बाँचुञ्जेली रमाइलो गर्ने रहर

    म्यूजिक खबर
    प्रकाशित: १० बैशाख २०७५, सोमबार

    १० बैशाख, काठमाडौं । नेपाली लोक दोहोरीमा स्टेज किङको रूपमा चिनिएका पाल्पा दर्लम डाँडाका चर्चित लोक दोहोरी गायक नबिन पौडेल यतिबेला बाँचुन्जेली रमाइलो गर्ने रहर बोकेर हिंडेका छन् । पूर्ब मेचीदेखि पश्चिमको महाकालीसम्मका स्थानमा हुने मेला महोत्सवमा पौडेल धेरैको रोजाईमा पर्छन् । त्यस्तै बिदेशका कार्यक्रममा पनि उनी त्यत्तिकै रूपमा सक्रिय छन् ।

    यो भन्दा केही महिना अघि हुर्किएकी छोरीलाई जोगाउनै गारो गीत बजारमा ल्याएपछि चर्चामा रहेका गायक पौडेल यतिखेर भने जीवनदर्शनसँग जोडिएर आएका छन् । जीवन र दर्शन सम्बन्धि उक्त रमाइलो गीतमा गायिका भूमिका शाहलाई बाँचुन्जेल रमाइलो गर्नी हो रमाइलो गरम वर आउ भनेका छन् ।

    कामना म्युजिक प्रा.लि.ले बजार ब्यवस्थापन गरेको उक्त गीत ‘दुई दिनको चोला’मा गायक नबिन पौडेल र भूमिका शाहको स्वर रहेको छ । उक्त गीतमा लय शब्द नबिन पौडेलको नै रहेको छ । उक्त म्युजिक भिडियोमा नबिन पौडेल, भूमिका शाह, प्रशान्त पौडेल काजोल त्रिखातिको उत्कृष्ट अभिनय रहेको छ । भिडियोलाई प्रशान्त पौडेलले निर्देशन गरेका छन् भने सम्पादन मनोज कार्कीले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु