• नवोदितमा कलाकारको जित

    म्यूजिक खबर
    प्रकाशित: २५ चैत्र २०७०, मंगलवार

    काठमाडौं, २५ चैत । नवोदित विद्याकुञ्ज सामाखुशीमा भएको मैत्रीपूर्ण खेलकूद कार्यक्रममा कलाकारले शिक्षकलाई हराउँदै जित हासिल गरे । कलाकार, अभिभावक र शिक्षाबीचको मैत्रीपूर्ण भविबल खेलमा कलाकारले दुई खेल जितेका थिए भने शिक्षकले एक खेल मात्रै जित्न सफल भएका थिए । बेष्ट अफ थ्री भलिबल खेलमा कलाकारले दुई खेल जित्दै शिक्षकलाई हराउन सफल भएका हुन् । पहिलो खेलमा कलाकारले २५–१८ मा शिक्षकलाई हराएका थिए भने दोस्रो खेलमा शिक्षकले २५–१९ मा कलाकारलाई हराएका थिए । तेस्रो खेलमा भने कलाकारले २५–२० को अन्तरमा शिक्षकलाई हराउँदै बेष्ट अफ थ्रीको खेल जित्न सफल भएका थिए ।
    उक्त खेलमा कलाकारहरुको तर्फबाट राजु गुरुङ, गणेश गुरुङ, रामजी खाँड, शिव हमाल, रमेशबाबु थापा, सुजल लम्साल, मरिचमान श्रेष्ठ(बल्छी ध्रुवे), मधुसुदन थापा, खेम पूर्जा थिए भने शिक्षकको तर्फबाट राजेन्द्र अधिकारी, जी.बी. अधिकारी, विनोद थापा, पेमा लामा, दीपक ढकाल, अनिल दंगाल, विकासराज शर्मा रहेका थिए । कार्यक्रममा मुना थापामगर लगायतका अन्य कलाकारहरुको पनि उपस्थिति रहेको थियो । विजयी कलाकारहरुलाई स्कुलको तर्फबाट प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    त्यस्तै अभिभावक र शिक्षकबीचको म्यूजिकल चेयरमा लक्ष्मी ढकाल प्रथम हुँदै १५ सय रुपैयाँ पुरस्कार जित्न सफल भएकी थिइन् । त्यस्तै दोस्रो र तेस्रोले भने १००० र ५०० पुरस्कार जित्न सफल भएका थिए । उक्त अवसरमा स्कुलमा अन्य विभिन्न सांगीतिक कार्यक्रमहरु पनि गरिएको थियो ।

    nabodit9

     

    nabodit8

     

    nabodit7

     

    nabodit6

     

    nabodit5

     

    nabodit4

     

    nabodit3

     

    nabodit2

     

    nabodit1

     

    nabodit10

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु