• नवोदितमा जूनकिरी र ढिकिच्याउँसँगै बज्यो पञ्चेबाजा

    म्यूजिक खबर
    प्रकाशित: २३ फाल्गुन २०७२, आईतवार

    काठमाडौं । शनिबारको दिन नवोदित स्कुलको प्रांगणमा सांगीतिक माहौल देखियो । कलाक्षेत्रका चर्चित हस्तीहरुको जमघट भइरहेको ठाउँमा कसैले जूनकिरीलाई खोजे त कसैले ढिकिच्याउँसँगै बच्चाहरुसँग मस्ती गरे भने कसैले पञ्चेबाजा बजाए । गायक राजन ठकुरीले मेरो आफ्नै इतिहास छ भन्दै देशभक्तिको कुरा गरे साथमा स्कुलले पनि आफ्नो स्वाभिमान बचाउने काममा सबै विद्यार्थीहरुलाई आग्रह गर्दै पञ्चेबाजा बजाए । उनको पञ्चेबाजामा स्कुलका शिक्षक एवं विद्यार्थीहरुले नाचेर साथ दिएका थिए ।

    त्यस्तै गायक विरही कार्कीले आफ्नी आमा सम्झिँदै जूनकिरीसँगै विद्यार्थीहरुलाई नचाए । त्यस्तै गायिका सहिमा श्रेष्ठले तिम्रा डोला डोला र ढिकिच्याउँ ढिकिच्याउँ गाउँदा सबै विद्यार्थीहरुले सँगै गाउँदै नाचेका थिए । त्यस्तै स्कुलका अभिभावकसमेत रहेका गायक एवं संगीतकार श्रीकृष्ण बममल्ल, गायक दिपक खड्का एवं विश्वास नेपालले पनि आ–आफ्नो प्रस्तुति दिएर स्कृलका विद्यार्थी एवं शिक्षकलाई नचाउन सफल भए ।

    sahima shrestha

    उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको २३ औं अभिभावक दिवस एवं वार्षिकोत्सव कार्यक्रममा राजनीतिज्ञ खिमलाल देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ खनाललगायतको आतिथ्यता रहेको छ । विद्यालयका शिक्षक, शिक्षिका एवं अभिभावकहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल राजेन्द्र अधिकारी गरेका थिए । अधिकारीले सम्पूर्ण अभिभावकहरुको सल्लाह सुझावबाट नवोदित स्कुलले नयाँ फड्को मार्दै अघि बढेको बताएका थिए । अधिकारीले नवोदित स्कुलले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सधैं लागिरहेको बताउँदै अभिभावक र शिक्षकबीचको दूरी नजिक राखेर विद्यार्थीको पढाइमा सबैले हातेमालो गर्नुपर्ने बताएका थिए । विहान ११ बजेदेखि सुरु भएको उक्त कार्यक्रम बेलुका ६ बजेसम्म निरन्तर मनोरञ्जनात्मक बनेर सम्पन्न भएको थियो ।

    birahi karki

    rajan thakuri1 shuvakamana nabodit khimlal devkota sk

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु