• ‘नाइँ मलाई थाहा छैन’ यु-ट्युबमा सबैभन्दा बढी हेरिएको ‘एल्बम’को गीत 

    म्यूजिक खबर
    प्रकाशित: २० माघ २०७४, शनिबार
    माघ २०, काठमाडौं । गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंले गाउनुभएको गीत ‘नाइँ मलाई थाहा छैन’ ले यु-ट्युबमा २ करोड बढी दर्शक पाएको छ । गीत गत वर्ष फेब्रुअरी २४ मा गायक पराजुलीको आफ्नै च्यानलबाट सार्वजनिक भएको थियो । गायकद्वयको संयुक्त गीति संग्रह  ‘सँग सँगै…’ मा समावेश यो गीत अहिले नेपाली सांगीतिक इतिहासमा सबैभन्दा बढी दर्शक पाउने ‘एल्बम’को गीत बन्न सफल भएको हो । एकनारायण भण्डारीको शब्द-रचना र आशिष अविरलको संगीतले सजिएको को यस गीतले यो समाचार तयार पारुन्जेलसम्ममा 20,061,350 +  भिउज पाएको छ । गीतमा कार्टुन क्रिउ र नायिका अलिशा राईको संयुक्त नृत्य हेर्न सकिन्छ ।
    हुन त नेपाली सिनेमाका गीतहरुको यु-ट्युब दर्शक यस गीतको भन्दा बढी नभएका हैनन् । सिनेमाका गीतहरुको लागत, गीतमा अभिनय गर्ने कलाकारहरु, सिनेमाको प्रचार-प्रसार, त्यसमा हुने सामुहिक प्रयास आदिमा हुने खर्च कुनै व्यक्तिगत एल्बमको भन्दा कैयौं गुणा बढी हुने गर्दछ । त्यस हिसाबले हेर्दा ‘नाइँ मलाई थाहा छैन’ कुनै सिनेमाको गीत नहुँदा नहुँदै पनि यतिको सफल हुनु यस गीतका स्रस्टाहरुको लागि धेरै खुशीको कुरा हो । यदि गीत श्रोता-दर्शकको मन मुटुमा बस्न सफल हुन्छ भने हिट हुन कुनै सिनेमाको ‘टाइटल गीत’ नै हुनुपर्छ भन्ने छैन । ‘नाइँ मलाई थाहा छैन’ ले यस कुरालाई प्रमाणित गरेको छ ।
    गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको ‘नाइँ मलाई थाहा छैन’ पछि अन्य गीतहरु ‘तिमी मलाई मन पर्छ’ र ‘पहिलो भेटैमा’ पनि श्रोता दर्शकमा लोकप्रिय हुँदै गैरहेका छन् । गायक पराजुलीको केहि दिन अघि मात्र सार्वजनिक भएको अर्को गीत ‘हिट हिट गीत’ पनि दिनदिनै चर्चित हुँदै गैरहेको छ ।
    ‘नाइँ मलाई थाहा छैन’ भिडिओ हेर्नुहोस्

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु