• नाच्न छाडेर गाउन थाले विजय

    म्यूजिक खबर
    प्रकाशित: ११ चैत्र २०७१, बुधबार

    काठमाडौं । जीवनमा एकचोटी गायक हुने रहर धेरैलाई हुन्छ । हामी सुन्ने गर्छौं कोही किचन गायक, कोही बाथरुम गायक त कोही असली गायक । त्यही गायकहरुको बीचमा थपिएका छन् गायक विजय थापा । यिनको पेशाले भन्ने हो नृत्य पेशा सबैभन्दा सशक्त हो । त्यसपछि विजय थापाको निर्देशन पनि चलिरहेकै थियो । करिब ७ सयजति म्यूजिक भिडियोमा अभिनय गरिसकेका विजय थापाले ५० वटा जति म्यूजिक भिडियोको निर्देशन पनि गरिसकेका छन् । अब उनी नाच्न छाडेर यतिबेला गाउनतिर व्यस्त भएका छन् ।
    सधैं अरुको गीत सुनेर नाच्ने र एक्सन कट गर्ने गरेका विजय थापा यतिखेर भने गायनतिर लम्किएका छन् । सधैं लोकदोहोरीको म्यूजिक भिडियोमा नाचिरहेका यी नायक गायकले अहिले भने आधुनिक गीततर्फ आफूलाई अगाडि ल्याउने कोशिस गरेका छन् । नाच्न र गाउन दुवै अप्ठ्यारो हुँदोरहेछ भन्ने बताउने मोडल गायक गीतसंगीतलाई माया गरिरहँदा आफ्नो फ्यानहरुका लागि एउटा आधुनिक गीत बजारमा ल्याएका छन् । अजय थापाको शब्दमा नकुल कार्कीको संगीत रहेको छ भने दिनेश श्रेष्ठले यस गीतको संगीत संयोजन गरेका छन् । मरी मरी बाँच्नु भन्दा मरेकै जाति बोलको गीत अहिले बजारमा ल्याउने तयारीमा रहेका छन् मोडल गायक थापा । सम्पूर्ण कार्य सकेर बजारमा ल्याउने तयारीमा रहेका गायक विजयले भने गीतसंगीतको क्षेत्र एउटै हो गीतलाई न्याय दिएर गाउन सकिन्छ भने सबैले गाउँदा हुन्छ ।

    bijay

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु