• नायक, गायक एनजे सागर ठकुरी

    म्यूजिक खबर
    प्रकाशित: २९ कार्तिक २०७२, आईतवार

    कलाकारीतामा लाग्नेहरु प्राय एकै विधामा संलग्न हुने गरेको पाईन्छ । तर पोखराका एनजे सागर ठकुरी भने गायन र अभिनय दुबै पेशामा एक साथ अघि बडिरहेका छन् । त्यसो त उनि देश विदेशमा हुने साँस्कृतिक कार्यक्रमहरुमा पनि त्यतिकै सहभागी हुने गर्दछन् । सात वटा गीति एल्वम श्रोतामाझ ल्याईसकेका एनजे सागर ठकुरी आफैमा राम्रा संगीतकार पनि हुन् । उनले मालती, गुञ्जन, खै कस्तो यो प्रेम, गुन्युचोली, पाटनर, देउता लगायतका चलचित्रमा नायकको भुमिका निभाईसकेका छन् ।
    गायक, नायक दुबै उपमा पाएका ठकुरी पछिल्लो समयमा विदेशी प्रोगामहरुमा बढी व्यस्त हुन थालेका छन् । मोफसलमा रहेर पनि कलासंस्कृतीको क्षेत्रमा निरन्तर संघर्ष गर्नु र यसैलाई जिविकोपार्जनको पेशा बनाउनु हाम्रो जस्तो देशमा कति कठीन होला सहजै अनुमान लागाउन सकिन्छ । कलाकारीताका साथै उनले व्यवसाय पनि सुरु गरेका छन् । चलचित्र निर्माणका लागि प्रयोग हुने फोके क्यामारा सहितको इकुमेन्स सहितको कम्पनी उनले सञ्चालनमा ल्याएका छन् । बडो दुखले यो अवस्यामा आईपुगेको छु कुनै पनि हालतमा आफुले कमाएको प्रतिष्ठा गुमाउन चाहन्न उनले भने ।

    sagar2

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु