• नारायण, चेतन र भिखारी मिलेर ल्याए ‘हिउँजस्तै गोरी’

    म्यूजिक खबर
    प्रकाशित: १२ जेष्ठ २०७५, शनिबार

    १२ जेठ, काठमाडौं । गायक नारायण धिताल, गीतकार अर्जुनरत्न भिखारी र संगीतकार चेतन सापकोटा मिलेर यतिखेर हिउँजस्ती गोरी लिएर आएका छन् । गत चैत्रको १ गते काठमाण्डौमा एक पत्रकार सम्मेलन तथा कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको एल्बम “जय मायाप्रेम” मा रहेको चौथो गित “हिउँ झै गोरि सार्बजनिक भए लगत्तै सफलता सहितको माया र चर्चामा रहेको छ ।

    वीस्टार नेपाल युट्यूब च्यानल मार्फत सार्वजनिक भएको उक्त गितमा गायक नारायण धितालको सुमधुर स्वर गितकार अर्जुनरत्न भिकारीको शब्द तथा चर्चित संगितकार चेतन सापकोटाको संगित रहेको छ भने महाराज थापाले एरेन्ज गरेका छन । रमणीय स्थान पर्वतको भुक देउराली आसपासका चर्चित तथा पर्यटकीय ठाउहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा चेतन सापकोटा , नारायण धिताल साथै सुष्मा अधिकारिको अभिनय रहेको छ ।

    युवराज वाइवाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोलाइ सुदिप बरालले छायांकन गरेका छन भने निशान घिमिरेले सम्पादन गरेका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु