• नित्याशिवाले भनिन्– नाचिन्छ कम्मरै भाँचिन्छ

    म्यूजिक खबर
    प्रकाशित: ९ भाद्र २०७२, बुधबार

    काठमाडौं । तीज नजिकिंदै गर्दा बजारमा तीजका गीतको पनि ओइरो नै लागेको छ । त्यस्तै भिडमा यो वर्ष ‘नाचिन्छ कम्मरै भाँचिन्छ, यो तीजमा बेसरी यो तीजमा बेसरी’ पनि बजारमा आएको छ । नित्याशिवाको सुमधुर आवाजमा सजिएको गीतलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो । उक्त गीतका रचनाकार शंकर अधिकारी ‘घायल’ हुन् भने संगीतकार केदार मल्ल हुन् । लुम्बिनी मुभिमेकर प्रा.लि.को प्रस्तुतीमा निर्मार्ण भएको उक्त म्यूजिक भिडियोलाई प्रदिप र सुजनले निर्देशन गरेका छन् । त्यस्तै धनु ज्ञ्याङ्गमी मगर मगरबाट संगीत संयोजन गरिएको उक्त गीतलाई विकाश ज्ञवालीले छायांकन र सम्पादन गरेका हुन् भने मोडल दिपक, सुरुची, रश्मी र टीनाको अभिनय रहेको छ ।
    उक्त गीतलाई हेर्न तलको लींकमा क्लिक गर्नुहोला:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु