• नृपेशको गीतमा हिमाल सागर र साराको रोमान्स !

    म्यूजिक खबर
    प्रकाशित: २३ पुष २०७४, आईतवार

    पुष २३, काठमाडौं । चर्चित गायक हिमाल सागरले नायिका सारा शिर्पालीलाई ‘नआउ तिमी सजिएर जेनि हुन सक्छ, यो मन मेरो बहकिएर जे नि हुन सक्छ’ भन्दै फरक ढंगले प्रेम अपिल गरेका छन् । नेपाली सांगीतिक बजारमा पछिल्लो समय थपिएको नयाँ गीत ‘नआउ तिमी सजिएर’मा यस्तो भाव समेटिएको हो ।

    ‘गायक हिमाल सागरको आवाज रहेको ‘न आउ तिमी सजिएर जे नि हुन सक्छ’ बोलको गीति गजलमा गीतकार नृपेश उप्रेतीको शब्द रहेको छ । उक्त सार्वजनिक गीति गजललाई अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत भरेका हुन् ।

    अर्जुन उप्रेतीले निर्देशन गरेको म्यूजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।

    गीतको भिडियोमा गायक हिमाल सागरको साथमा मोडल सवि सिंहले सारालाई यसरी सजिएर आयौ भने जे नि हुनसक्ने चेतावनी दिएका छन् ।

    हेरौं भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु