• नेपालकी बुहारी नायिका माला सिन्हा असी वर्षमा प्रवेश

    म्यूजिक खबर
    प्रकाशित: २६ कार्तिक २०७३, शुक्रबार

    mala-sinha1काठमाडौं । नेपालमा बनेको तेश्रो र नीजि क्षेत्रबाट बनेको पहिलो चलचित्र ‘माइतीघर’की नायिका माला सिन्हा एक समय बलिउडमा एकछत्र राज गरेकि नायिका हुन् ।०२२–२३ सालमा बनेको यो चलचित्रको ‘माइतीघर माइतीघर’ बोलको गीत अहिले पनि उतिकै सदाबहार छ ।

    नेपालको चलचित्र माइतीघरमा अभिनय गरेर चर्चामा आएकी नायिका माला सिन्हाको वास्तवमा नेपाल माइतीघर नभई ससुरालघर बन्न गएको थियो ।

    माला सिन्हाका पति सीपी लोहनी नेपाली हुन् । अर्थात माइतीघरका नायक सीपी लोहनी । माइतीघर चलचित्रमा अभिनय गर्न आएकै बेला माला सिन्हा र लोहनीको प्रेम भएको थियो । चलचित्र प्रदर्शनको दुई वर्षमा उनीहरुवीच लगनगाँठो नै कसिएको थियो ।

    ११ नोभेम्बर १९३६ मा जन्मिएकी माला सिन्हा यतिबेला असीको बसन्तमा पाइला टेक्दैछिन् । माइतीघरकी नायिका अनि नेपालकी बुहारी माला सिन्हालाई जन्म दिनको हार्दिक शुभकामना ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु