• नेपाली तारा पहिलो रनरअप देवेशको ‘एण्ड द जर्नि

    म्यूजिक खबर
    प्रकाशित: १० पुष २०७२, शुक्रबार

    नेपालको चर्चित सांगीतिक कार्यक्रम कोका–कोला नेपाली ताराको तेस्रो संस्करणको पहिलो रनर–अपको उपाधि जितेका देवश राईले “एण्ड द जर्नी’ नामक गीतिसंग्रह सार्वजनिक गरेका छन् । एल्बमलाई संयुक्त रुपमा देवेश राईको आमा देउ कुमारी राई, प्रकाश गुरुङ्ग, रञ्जीत आचार्य, र जेम्स प्रधानले सार्वजनिक गरेका हुन् । नेपाल संस्कृतिक संघ, डिल्लिबजारमा एउटा भव्य समारोहका बीच सार्वजनिक गरिएको ‘एण्ड द जर्नी’ मा समावेश रहेका गीतहरु “कति मीठा कति न्याना तिम्रा प्रितका वर्षातहरु”, “नसा लागेछ”का म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो ।

    Pic 2
    एल्बमको सार्वजनिक भएपछि कार्यक्रममा बोल्दै राईले भने “यो एल्वम विमोचन गर्न पाएकोमा म धेरै खुसी र गर्ववान्वित छु । कोका–कोला नेपाली तारा ३ ले मलाई धेरै अवसरहरु प्रदान गरेको छ र त्यसको लागि म सधैं यस प्रति आभार प्रकट गर्दछु,। म सधैं स्रोताहरुबाट न्यानो माया र साथ पाउने अपेक्षा गर्दछु ।” कार्यक्रममा कोका–कोला नेपाली तारा ३ का अन्य प्रतिशपर्धिहरु पनि उक्त समरोहमा उपस्थित थिए ।
    यो एल्वममा ६ वटा उत्कृष्ट गीतहरु रहेका छन् । यो एल्वममा प्रख्यात गीतकारहरु जस्तै सुमन पोखरेल, प्रकाश गुरुङ्ग, राम बहादुर कने, कृष्ण कोइराला, र सिताराम सुचारु को रचना रहेको छ । यो एल्वमका कम्पोजरहरुमा वेध निधि पौडेल, सुरेश अधिकारीले, प्रकाश गुरुङ्ग, गणेश रिजाल, सरन जोशि र द क्यानरि व्याण्ड रहेका छन् ।

    And the journey begun.....(Album Cover)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु