• न्युयोर्कमा राजेशलाई लभ यूको वर्षा

    म्यूजिक खबर
    प्रकाशित: १९ कार्तिक २०७१, बुधबार

    काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका भर्सटायल गायक, तैमाथि अविवाहित । यति भएपछि त गायक राजेशपयाल राईका फ्यान लाखौं हुन सामान्य हो । विशेषगरी युवती उनका फ्यान राजेशपयाल भनेपछि हुरुक्कै हुने गर्छन् । यो कुरा उनी पनि स्वीकार्छन् । भन्छन्, ‘युवाभन्दा मेरा युवतीहरु फ्यान बढी क्रेजी छन् ।’ केही सातादेखि अमेरिकाको विभिन्न सहरमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्दै आएका राजेशलाई त्यहाँबा फ्यानले पनि ‘आई लभ यू’ भन्न छाडेनन् । न्युर्योकमा प्रस्तुत हुँदा राजेशपायल माथि ‘आई लभ यू’ को वर्षा नै भयो । कतिलाई फर्काउनु लभ यु टु, त्यसैले उनले हाँसेरै टादैछन् आई लभ यूका वर्षाहरु । उनले मुखाले ठिक पार्छन्, ‘आई लभ यू टु…।’ यो आफ्नो बाध्यता हो भन्छन् उनी । ‘तिमीविना बाँच्न सक्दिन’ भनेर रगतले चिठ्ठी लेख्ने फ्यानलाई त हाँसेर टार्ने राजेशलाई न्युर्योकको ‘आई लभ यू’ ले छोयो कि छाएन ? त्यो उनैले जानून् ।
    ‘राई इज किङ’ गायक ३१ अक्टुबरमा न्युयोर्कमा ‘मेगा स्टार राजेश पायल राई’ नामक  एकल सांगीतिक साँझमा प्रस्ुतत भए , जहाँ उनलाई थामी नसक्नु भयो । न्युयोर्कको अष्टोरियास्थित चियान फेडेरेशन हलमा आयोजित कार्यक्रममा गाइरहँदा उनलाई लभ युको वर्ष भयो । उनले पनि लभ यु टु भन्दै त्यहँ आएका सयौं नेपालीलाई मनोरञ्जन मात्र दिएनन्, आफूसँगै नचाए पनि । समासेवी केशवराम राईको संयोजकत्वमा आयोजित कार्यक्रममा गायक राईले चलचित्र र आफ्जा एल्बममा चर्चित दुई दर्जन बडी गीत प्रस्ुतत गरेका थिए । उनले दर्शन नमस्ते, नाइ न भन्नु ल, धरान धनकुटा भेटेटार,  सागर सरी चोखो माया जस्ता गीत प्रस्तुत गर्दा दर्शक चुप लागेर बस्न सकेनन् । पाश्र्वगायन र आधाुनिकमा उत्तिकै लोकप्रिय गायक राईले कार्यक्रममा बल्ल बल्ल भेट भो आदाङबे, मोहनी लाग्ला है, दिक्तेल बजार, चौबन्दी चोलीले, तिम्रो मुस्कान, नमाग मसँग, छैन तिमी बाहेक, तीन तारा तीन तिर, सिरै फूल, नौजाले मायाले, माथि माथि लेखबाट जस्ता आफ्नो लोकप्रिय चलचित्र तथा आधुनिक गरी दुई दर्जनभन्दा बढी गीत प्रस्तुत गरेका थिए । अमेरिकाको विभिन्न स्थानमा एक दर्जन बढी कन्सर्ट गरिसकेको राईको मेगा स्टार दोस्रो एकल सांगीतिक कार्यक्रममा हो ।

    उनी अझै एक महिना अमेरिकामै ब्यस्त हुने छन् । गायक राईले अनलाइनमा कुरा गर्दै भने, ‘म एक महिना पूरै कार्यक्रममै व्यस्त हुनेछु । कार्यक्रम थपिएको थप्पै छ ।’ यो राईको अमेरिकाको सांगीतिक भ्रमण दोस्रो हो, तर यस अवधिमा उनले त्यहाँ रहेको नेपाली श्रोता÷दर्शकलाई सांगीतिक मोहनी लगाउन सफल भएका छन् । नेपाली समयअनुसार मंगलबार अमेरिकाको मिचिगनमा उनी प्रस्तुत हुँदैछन् । त्यसपछि सानफ्रन्सिको, रोचेस्टर, बोस्टन, साउथ डाकोटा हुँदै क्यानडाको कार्यक्रम भ्याएर नेपाल फर्किने उनले बताए । गायक राईले भने, ‘यी सबै कार्यक्रम भ्याएर नेपाल आउन मलाई एक महिना लाग्ने छ ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु