• न्यु इयर इभमा दिपको एकल सांगीतिक प्रस्तुति

    म्यूजिक खबर
    प्रकाशित: १७ चैत्र २०७३, बिहीबार
    deep-shrestha दीप श्रेष्ठ

    चैत १७, हेटौंडा। लायन्स क्लब अफ हेटौंडा नारायणी मलले नयाँ वर्षको अवसरमा चैत ३१ गते हेटौंडामा न्यु इयर इभ नामक सांगीतिक कार्यक्रम गर्ने भएको छ। लायन्स क्लब अफ नारायणी मलको आयोजना तथा लायन्स क्लब अफ मकवानपुर र उद्योग संघ हेटौंडाको सहयोगमा कार्यक्रम गर्न लागिएको हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।

    कार्यक्रममा गायक दीप श्रेष्ठको एकल सांगीतिक प्रस्तुति रहने लायन्स क्लब अफ नारायणी मल अध्यक्ष कैलाश ढकालले जानकारी गराए। कार्यक्रममा करिब ४ सय टिकट बिक्री गरिने लक्ष्य छ। कार्यक्रमबाट संकलित रकम लायन्स अपांगमैत्री अस्पताल निर्माणमा खर्च गरिने आयोजकले जानकारी गराए।deep Shrestha

    दीप श्रेष्ठ र उनको टिमले बेलुका ६ बजेदेखि राति १० बजेसम्म सांगीतिक प्रस्तुति प्रस्तुत गर्नेछन्। ‘लायन्स हेटौंडा अपांग अस्पताल निर्माण थालनी गर्ने उद्देश्यसाथ एकल साँझ गर्न लागेका हौं’ –अध्यक्ष ढकालले जानकारी गराए।

    मकवानपुर लायन्स क्लबले हेटौंडामा लायन्स अपांग अस्पतालको योजना बनाएको जानकारी दिँदै उनले कार्यक्रमबाट संकलित रकमबाट अस्पताल निर्माणको पहल गरिने बताए। उनका अनुसार हेटौंडा घर भएर देशमा चर्चित गायक अञ्जन दाहालको समेत केही सांगीतिक प्रस्तुति रहनेछ। दाहालले कार्यक्रमबाट करिब ९ लाख रुपियाँ संकलन हुने अनुमान गरिएको बताए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु