• न्यूयोर्कमा “तिम्रो आगमनमा“ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १७ पुष २०७२, शुक्रबार

    गीतकार धन लामाद्वारा लेखिएका गीतहरुको एल्बम ‘तिम्रो आगमनमा’ सार्वजनिक गरिएको छ । अमेरिकाका लागि नेपाली बाणिज्यदूत कृसु क्षेत्री, वरिष्ठ नाट्यकर्मी कलाकार तथा प्राज्ञ हरिबहादुर थापालगायतका अतिथिहरुबाट गीति एल्बम “तिम्रो आगमनमा“ सार्वजनिक गरिएको हो ।
    तिम्रो आगमनमा विमोचन कार्यक्रममा न्यूयोर्क स्थित अफ ब्रोडवे थियटरमा “जोडियोस् भत्किएका मनहरु“ नाटक मञ्चन गरिएको थियो । सफलतापूर्वक मञ्जन गरिएको उक्त नाटकका कलाकार तथा सम्पूर्ण टीमलाई गीतकार धन लामाद्वारा सम्मान गरिएका थियो । सोही अवसरमा लामाले न्यूयोर्कमा हाल फोक्सोको रोगबाट पीडित प्रशा तुलाधरको उपचारार्थ ३ सय डलर सहयोग प्रदान गर्ने घोषणा गरेका थिए । विमोचन कार्यक्रममा गीतकार लामाले गीति एल्बममा भएका एउटा गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरेका थिए भने गायिका पविता परियार, बसन्ती राई, आदित्य लामाद्वारा एल्बममा भएका गीतहरु प्रस्तुत गरेका थिए ।

    dhana lama -kusu chhetri
    कार्यक्रममा कनेक्टीकट राज्यबाट सहभागी हुन आएका अतिथि एड स्मिथले एल्बममा भएको एउटा गीतलाई गिटारको धूनमा प्रस्तुत गरेका थिए भने अर्का अतिथि मेरी म्याकेन्ना पीएचडीले गीतकार लामाको बहुआयामिक प्रतिभाको चर्चा गर्नु हँुदै नेपाली बालबालिकाहरुको लागि लेखिएको अंग्रेजी पुस्तकलाई गीतकार लामाद्वारा नेपालीमा अनुवाद गरेको कुरा प्रोजेक्सन प्रस्तुत गरिएको थियो ।

    usa
    सोही कार्यक्रममा समाजसेवी डा. बिष्णुमाया परियारले नेपालका दलित, पीडित महिला, बालबालिकाहरुको उत्थानको लागि पु¥याएको योगदानको कदर गर्दै अमेरिकाको केन्टुकी राज्य अन्तर्गत लुईसभिल सिटीका मेयर ग्रेग ई फिशरले सेप्टेम्बर २७ को दिनलाई “डा. बिष्णुमाया परियार डे“ को रुपमा मनाउने घोषणा गरेका थिए । त्यसैगरी साहित्यकर्मी हस्त गौतम ’मृदुल’ ले बढो चित्तबुझ्दो व्यंग्यात्मक मुक्तक सुनाउनु भएको थिए ।

    mridul
    विशेष अतिथिमध्येबाट बाणिज्यदूत कृसु छेत्री, वरिष्ठ नाट्यकर्मी एवं प्राज्ञ हरिबहादुर थापा, बुद्धिजीवि डा. तारा निरौला, समाजसेवी डा. बिष्णुमाया परियार, सिर्जनाका यात्राहरुका अगुवा साहित्यकर्मी सहदेव पौडेल र सिर्जनशील साहित्यकार शकुन ज्ञवालीले गीतकार धन लामाको एल्बमको सफलताको कामना गर्दै लामालाई शुभकामना दिएका थिए ।

    dhan-usa usa-dhan

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु