• पदम विसी र माया विसीको “नाच्दै गाँउदैे पिरती लाउला नी” भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: ७ चैत्र २०७४, बुधबार

    आर पोखरेल , ७ चैत, काठमान्डौं । गायक पदम विसी र गायीका माया विसीको आवाजमा रहेको लोकदोहोरी गीत “नाच्दै गाँउैे पिरती लाउला नी” गीतमा युटुव मार्फत बजारमा सार्वजनिक भएको छ ।

    पुर्वखोला गाउपालिका ६ पाल्पा मा जन्मिएर विगत २०६४ सालदेखि नेपाली गीतसंगीतमा निरन्तर क्रियाशील गायक संगीतकार पदम विसीको कर्णप्रिय आवाजमा गित बजारमा आएको हो । नेपाली सांगीतिक क्षेत्रमा सिर्जनशील ब्यक्तित्व विसीका हाल सम्म २ दर्जन भन्दा बढीमा गीतहरूमा आफ्नो आवाज दिएका छन् । फुक्यो चोलि तुना, डोको राम्रो बुनेको, हिरा टल्केको र सुगम संगीततर्फ तिम्लाई खुशी पार्न, सपना जाति जस्ता दर्जनौं गीतहरुमा शब्द संगीत भरेका छन् बिसीले । उनले १ हजार भन्दा बढी गीतमा संगित संयोजन गरेका छन् भने हाल प्रसन्न म्युजिक प्राली संचालन गरिरहेका छन् ।

    हालै सार्वजनिक भएको गीतले माया प्रेमलाई उत्कृष्ट रुपमा समावेश गरेर सम्वोधन गरेको छ । युवा युवती विचको मायाको वार्तालापलाई निकै मार्मिक रुपमा शुशिला भण्डारीको शव्द, सिर्जना र पदम बिसिकै लय तथा म्युजिक एरेन्जमा रहेको सोहि गीतको छायाँकन भने सन्तोष बस्यालले गरेको भिडियोलाई प्रबिन रेश्मी मगरले सम्पादन गरेका छन । निरज सुनाम, दिपा रसकोटी मगरको अभिनय रहेको सो गीतमा सुमन थापा मगरले निर्देशन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु