• पन्तको अध्यक्षतामा पर्वत कलाकार समाज

    म्यूजिक खबर
    प्रकाशित: २७ असार २०७४, मंगलवार

    असार २७, काठमाडौं । पवर्तबाट काठमाडौंमा रहेर विभिन्न विधामा क्रियाशील रहेका कलाकारहरुको भेलाले गायक, गीतकार एवं संगीतकार कस्तुप पन्तको अध्यक्षतामा २३ सदस्यीय ‘पर्वत कलाकार समाज’ को गठन भएको छ । लोकप्रिय गायक बिमलराज क्षेत्रीको अध्यक्षतामा आयोजना गरिएको भेलाले पन्तलाई अध्यक्ष पदमा चयन गर्दै तदर्थ समिति गठन गरिएको हो । कार्यक्रममा हाइलाइट नेपालका प्रमुख ओम गुरुङ, प्रमुख आतिथ्यतामा निर्देशक गोपालचन्द्र लामिछाने, श्रुति संगीत पाठ्शालाका निर्देशक नरहरि प्रेमी, समाजसेवी डा.केदार सुबेदी, गायिका यामकला काफ्ले विशेष आतिथ्यता रहेको थियो ।

    parbat artist
    समाजको बरिस्ठ उपाध्यक्ष कुलेन्द्र बिश्वकर्मा, उपाध्यक्ष याम क्षेत्री, महासचिव कृष्ण समीप सुवेदी, सचिव प्रल्हाद सुवेदी, कोषाध्यक्ष कुमार केसी र सह कोषाध्यक्षमा शुश्मा लोहनी चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा युबराज भुसाल, अमृत क्षेत्री, सुजन बराइली, अन्जान बाबू शर्मा, बिष्णु शर्मा, लक्षु प्रकाश मल्ल, रमेश सेन्चुरी, दिलिप रेग्मी, मनोज शर्मा, भिम बहादुर पौडेल, सोभित बिक, सागर रेग्मी, सरोज रोशन भट्टराई, सुमन केसी, कृष्ण सेन्चुरी, अनिता क्षेत्री रहेका छन् ।

    kastup panta
    अध्यक्ष पदमा चयन भइसकेपछि गीतकार पन्तले भने – ‘अग्रजको माया अनुजको सम्मान भित्र बिजारोपण गरिएको हामिलाई अत्यन्तै आबश्यक हामी सबै पर्बतेली कलाकारको संस्था ‘पर्बत कलाकार समाज’ को अध्यक्ष जस्तो गरिमामय पदमा मलाई बिश्वास गरि दिनुभएकोमा हार्दिकता प्रकट गर्दछु ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु