• पर्यटन प्रबद्र्धन गर्न मेरा पिकमा सांगीतिक कार्यक्रम हुने

    म्यूजिक खबर
    प्रकाशित: १७ आश्विन २०७२, आईतवार

    काठमाडौं ।‘पर्यटकहरुको लागि नेपाल सुरक्षित छ’ भन्ने नाराका साथ ःMUSIC MOUNTAINEERING CULTUER EXPEDITION  NEPAL  तथा G- STAR EVENT को संयुक्त प्रस्तुतिमा विश्वमै पहिलो पटक सबैभन्दा अग्लो स्थान सोलुको मेरा पिकमा सांगीतिक कार्यक्रम तथा डिजे सेसन गरिने भएको छ िपर्यटन विकास बोर्डको हलमा एक कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रमको जानकारी गराइएको हो ।
    गत बैशाख १२ मा गएको विनाशकारी भुकम्पले गर्दा नेपालले महाविपत्तिको सामना गर्नुपरेको र सम्पदाहरु नष्ट भएको स्मरण गर्दै पर्यटकीय क्षेत्रमा विश्वको महत्वपूर्ण राष्ट्रमध्ये नेपाल एक भएको बताउँदै यो कार्यक्रमको आयोजना गरिएको बताइएको छ । नेपाल पर्यटकीय हिसाबले पनि असुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । आगामी अक्टोबर १५ का दिन NEPAL IS SAFE FOR TOURISM भन्ने का नाराका साथ विश्वको सुन्दर मानिने सोलुखुम्बुको मेरा पिकमा सांगीतिक कार्यक्रम तथा डिजे सेसन मार्फत विश्वलार्इ नेपाल पर्यटक तथा पर्यटनको लागि सुरक्षित छ भन्ने दिइने भएको हो ।

    solukhumbu trek (1)
    सोलुखुम्बुको लुक्लादेखि मेरा पिक शिखरसम्मको दृश्य सम्पादन गरि वृतचित्र बनाई त्यहाँको वास्तविक अबस्था र भुकम्पबाट केहि पर्यटकीय क्षेत्रमा क्षति भए पनि अधिकांश पर्यटकीय क्षेत्र पदयात्रा गर्नको लागि तथा पर्यटकहरुको लागि सुरक्षित रहेको जानकारी सो वृतचित्र मार्फत गराई विश्वको ध्यान नेपालको पर्यटनमा ध्यानाकर्षण गराउनको लागि उक्त सांगीतिक कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक इन्सु राईले जानकारी दिए ।
    विश्वमा नै पहिलोपटक सबैभन्दा अग्लो स्थानमा हुन गइरहेको यस सांगीतिक कार्यक्रमले गर्दा विश्वको नै ध्यान ध्यानाकर्षण हुने र विश्वको नै चासोको बिषय रहने तथा नेपाली गीत संगीतको विश्व बजारमा चर्चा तथा प्रबद्र्धन गर्न मद्दत पुग्ने कुरामा बिश्वास राख्दै बिगत पन्ध्र बर्षदेखि सांगीतिक क्षेत्रमा प्रतक्ष संलग्न रही काम गर्दै आएका डिजे छेवाङ शेर्पाले यस कार्यक्रमलार्इ सफल पार्न सम्पूर्ण नेपाली तथा अन्तराष्ट्रिय समुदायलार्इ आह्वान समेत गरेका छन् । साथै उउक्त सांंगीतिक कार्यक्रम र डिजे सेसनले उक्त क्षेत्रमा ध्वनि प्रदुषण समेत नहुने गरि कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी पनि डिजे छेवाङले गराएका छन् ।

    solukhumbu trek (3)
    कार्यक्रममा सोलुखुम्बु जिल्लाका संसद बलबहादुर केसीले यस कार्यक्रमले पर्यटन पुग्ने विश्वास लिएको बताए । नेपाललाई विश्वसामु पर्यटकीय हिसाबले सुरक्षित छ भनेर चिनाउन यस कार्यक्रमले मद्दत पु¥याउन बताइएको छ । कार्यक्रममा संगीतकार बुलु मुकारुङ, पुराना गायक लक्ष्मी जोशी, प्रीपद धौवडेल, फिन्जो शेर्पा, सरोज भुजेल लगायत पर्यटन व्यवसायी एवं सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु