• पहिला हँसाइन् पछि रोइन् निरु

    म्यूजिक खबर
    प्रकाशित: १२ कार्तिक २०७१, बुधबार

    मलेसिया । हाँस्यकलाकार भनेपछि सबै दर्शकहरु अब भने यिनको प्रस्तुतिमा निकै हाँस्न पाइने भयो भनेर मख्ख पर्छन् । उनीहरुको टेलिभिजनको प्रस्तुति देखेर हौसिएका दर्शकहरुलाई व्यंग्यमार्फत् धेरै हँसाउँछन् । तर सबै कलाकार त्यस्ता हुँदैनन् रुवाउन पनि उनीहरु जानेका हुन्छन् । कलाकार नै हुन् कतिखेर हाँस्छन् कतिखेर रुन्छन् पत्तै हुँदैन । तर हाँस्यकलाकार निरु खड्काले भने मलेसियामा भएको एक कार्यक्रममा वास्तवमै हँसाइन् र रुवाइन् पनि ।
    निरुले आफ्नो एकल हाँस्यव्यंग्य प्रस्तुत गर्दा जति दर्शकहरुले हाँसे उनको प्रस्तुतिले अन्त्यमा सबैलाई रुवाउन सफल पनि भयो । पहिला उनले स्वदेशमा बिहे गर्ने केटाहरु मलेसिया आएकोले आफू पनि केटा खोज्न मलेसियामा आएको भन्दै व्यंग्य प्रस्तुत गरिन् । छोटा लुगा लगाउनेदेखि आइफोन गिफ्ट दिन्छु भनेर लोभ देखाउनेसम्मलाई उनले व्यंग्यमार्फत् सजग गराइन् । उनले रेमिट्यान्सलाई कालो धनको संज्ञा दिँदै युवाहरुलाई स्वदेमै रोजगारीका लागि फर्कन आव्हान पनि गरिन् । त्यसै गरी मलेसियाका नेपालीहरुमाझ रहेका विभिन्न सामाजिक विकृति र बिसंङ्गतिहरुलाई व्यंग्यमार्फत् औंल्याईन् । उनले बोलिरहेको प्रवासी नेपालीको यथार्थतामा उनी पनि रोइन् र अरुलाई पनि रुवाउन सफल भइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु