Melba Devi Gurung

म्यूजिक खबर
प्रकाशित: २१ मंसिर २०७१, आईतवार

The first Nepali female recording singer, Melba Devi Gurung

नेपालकै पहिलो महिला गायिका मेलवादेबी गुरुङ 

नेपालकै पहिलो महिला गायिका मेलवादेवी गुरुङको जन्म वि.सं. १९५६, (सन् १९०२) ओखलढुङ्गा जिल्लाको रुम्जाटार जागरबोट वाड नं ८ मा भएको हो। उहाँलाई जन्म दिने पिता : ज्ञानबहादुर र माता : सपनादेबी गुरुङ हुनुहुन्छ । बाल्यकालमै राणा दरबारमा पसेकी मेलवादेबी गुरुङ ख्यातिप्राप्त उस्तादहरु डुण्डे खाँ, बालाप्रसाद शर्मा र गणपतसँग शास्त्रीय सङ्गीतको गायनमा तालिम लिनुभएको थियो  ।

हिजमास्टर भ्वाइस कलकत्तामा सवारी मेरो रेलैमा बोलको गीत रेकर्ड गराएर नेपालमा मात्र नभएर हिन्दुस्थानमा नै पहिलो गायिकाको रुपमा रेकर्ड राख्न सफल गायिका मेलावादेवी कलकत्ता बसाइमा आफ्नो नाम ‘सुलभा’ राखेको र इलाहवाद सङ्गीत सम्मेलनमा सुनको तक्मा पाएको तथा राग छायाटनमा लागतार तीन घण्टा गाइदिँदा भारतीयहरु छक्क परेर उनलाई ठूमरीकी रानी भनी सम्बोधन भएको नेपाली संगीत ईतिहाँसमा उल्लेख गरिएको छ ।

नेपाली, हिन्दी ,नेवारी, बङ्गाली, उर्दू भाषामा गीत गाएकी गुरुङको गीत रेकर्ड सङ्खयाको अभिलेख कतै उपलब्ध छैन । आफै गीत लेख्ने, सङ्गीत भर्ने, र गाउने  मेलवादेवीले ५० वटा जति पदक थुप्रै कपहरु र प्रमाणपत्र पुरस्कारको रुपमा प्राप्त गर्नु भएको थियो । उहाँको इच्छा अनुसार मृत्युपछि चितासँगै गीतका क्यासेटहरु प्राप्त पुरस्कारहरु हार्मोनियम आदि जलाइएको थियो ।

melba devi gurung

सङ्गीत प्रवीण स्वर्गीय नरराज ढकाल लगायत थुप्रै सङ्गीतका साधकलाई सङ्गीत तालिम दिनुभएकी मेलवादेवी चन्द्रशमशेरकी प्रिय पात्र हुनुहुन्थ्यो। दरवारिया षड्यन्त्रका कारण उनको स्वर बिग्रिएको भनाइ प्रचलित थियो । उनको सुमधुर आवाजलाई  बेलायती डाक्टरलेसमेत निको पार्न सकेका थिएनन् । उनलाई चन्द्रशमशेरले विजयेश्वरीमा घर बनाइ राखिदिएका थिए भने उनको बिबाह डिठ्ठा कृष्ण मानन्धरका छोरा कृष्णभक्त मानन्धरसँग दक्षिणकाली मन्दिरमा भएको थियो । दुई छोरीको जन्म दिएकी गुरुङ पतिद्वारा अपहेलित हुनुपरेको थियो । जुद्ध शमशेर जबराको कोपभाजन भई मुग्लान पसेकी मेलवादेवीका दुई छोरीको विवाह क्रमशः कानपुर र बम्बै भारतमा नै भएको थियो ।

उनको मृत्यु सन् १९५५ मा ५३ बर्षको उमेरमा दुर्घटनामा परि भारतमा नै भएको ।

‘बिरानो देशैमा लैलै

मै मरी जाउँला बरिलैलै

रोइदिने कोही छैन

सवारी मेरो रेलैमा ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु