• पाँचौ अनुपम साङ्गीतिक साँझ जेठमा हुने

    म्यूजिक खबर
    प्रकाशित: २ बैशाख २०७५, आईतवार

    १ बैशाख, पोखरा । अनुपम म्युजिक पोखराको आयोजनामा हरेक बर्ष हुँदै आएको अनुपम साङ्गीतिक साँझको पाँचौ शृङ्खला जेठ २६ गते हुने भएको छ । पोखरामा सम्पन्न कलाकार साहित्यकार समाजसेवी तथा विभिन्न वाङ्गमयिक संस्थाका प्रतिनिधिहरुको भेलाले कार्यक्रमका लागि अनुराग अधिकारीको संयोजकत्वमा २१ सदस्यीय आयोजक मुल समिती समेत गठन गरेको छ ।

    File Photo

    समितीको सह संयोजकमा श्याम गुरुङ, सचिवमा रुपिन्द« प्रभावी, कोषाध्यक्षमा टंकप्रसाद गुरुङ, सह सचिवमा गोविन्द सिन्जालीलाई चयन गरिएको छ । यसैगरी आयोजक समितीका सदस्यहरुमा रुद्र श्रीष मगर, खिम लामिछाने ‘काजी’, विशाल झ्यारी मगर, कमल जी.सी., टी.एन. शर्मा, अशेष पालिखे, प्रकाश अधिकारी, मोहन कुमार पौडेल, साउनकुमार नेपाली, पवित्रा पराजुली, राहुल थापा, राजु गुरुङ, प्रीति गुरुङ, ऋषि ढुङ्गाना, सुरज उपाध्याय र मनु पुन चयन भएका छन् । अनुपम म्युजिक पोखराका संरक्षक विरेन्द« पालिखे लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु रहेको सल्लाहकार समिती पनि गठन गरिएको आयोजकले बताएको छ । रेन्बो चिल्ड्रेन होम, तीर्थहरि स्मृति प्रतिष्ठान, सम्मोहन साहित्यीक पत्रिका, हिमाली बाल कल्याण संरक्षण मञ्च सह आयोजक रहने कार्यक्रममा दार्जिलिङ काठमाडांै र पोखराका विभिन्न कलाकारहरुको साङ्गीतिक प्रस्तुती र नृत्यका साथै अनुपम म्युजिक अवार्ड र सम्मान पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु