• पाइरेसीविरुद्ध संगीतकर्मी तर पाइरेसी आफैंबाट

    म्यूजिक खबर
    प्रकाशित: ५ बैशाख २०७१, शुक्रबार

    काठमाडौं, ५ बैशाख । पाइरेसी भयो भनेर सधैं कुर्लिने गरेका संगीतकर्मीहरु कहिलेकाहीँ काम गरेको पनि देखाउने गर्छन् तर आफैंबाट भइरहेको पाइरेसी भने रोक्न सक्दैनन् । पाइरेसीका लागि कहिले संगीत रोयल्टी संकलन समाज दौडिरहेको हुन्छ कहिले गीतकार संघ नेपाल त कहिले अन्य संस्थाहरुले पाइरेसी रोक्नका लागि कार्यक्रम गरेको भन्छन् । तर पाइरेसी रोकिएको पनि छैन संगीतकर्मीहरुको लगानी डुबिरहेकै छ । बिक्रीबितरण हुने अवस्था गीतसंगीतमा समाप्त नै भइसकेको छ । केही समयलाई मुर्गा बनाउने र गीत रेकर्ड गर्ने, भिडियो गर्ने प्रचलनले जरो गाडिरहेको छ । यसै अवस्थालाई मध्यनजर गर्दै नेपाली कला र संस्कृतिको विकासमा समर्पित रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले पाइरेसी विरुद्धको कार्यक्रम गरिरहेको छ । कार्यक्रममा गीतसंगीतको बितरणलाई व्यवस्थित बनाउने संघका महासचिव राजेन्द्र कुमार कार्कीले बताएका छन् । रिपोटर्स क्लबको हलमा गरिँदै गरिएको उक्त कार्यक्रमले पाइरेसीकर्तासम्म कत्तिको जानकारी पुग्ने हो त्यो भने थाहा छैन । तर पाइरेसी रोक्न गरेको अभियानमा पाइरेसी गर्ने वर्ग आफैं हो भनेर बुझन्ु पनि जरुरी छ । पहिलो पाइरेसीकर्ता कलाकार नै हो । प्रविधिको विकाससँगै विकसित हुन नसक्दा पाइरेसीले जरो गाडेको भने पक्कै हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु