• पाकिस्तानी प्रख्यात गायिकाको हत्या

    म्यूजिक खबर
    प्रकाशित: ६ असार २०७१, शुक्रबार

    पाकिस्तान, ६ असार । उत्तरपश्चिम पाकिस्तानी सहर पेसावरमा अज्ञात बन्दुकधारीको आक्रमणमा बुधबार प्रख्यात गायिकाको हत्या भएको समाचार छ । उक्त जानकारी स्थानीय अधिकारीहरूले बिहीबार दिएका छन् ।
    गुल्नार नामक ३८ वर्षीया प्रख्यात गायिकाको बुधबार बेलुका उनकै घरमा छिरेर चार बन्दुकधारीले गोली हानेको जनाइएको छ । गोली प्रहारपछि उपचारका लागि अस्पताल लगिएकी मुस्कानको नामबाट प्रख्यात ती गायिकाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।
    गायिका गुल्नारको गोली प्रहारबाट मृत्यु भएको स्थानीय प्रहरीचौकीका प्रमुख रिआजुल हाकले एएफपी समाचार समितिलाई बताउनुभएको छ । उनको तीन पटकसम्म विवाह भएको र उनको केही व्यक्तिगत शत्रुसमेत भएको बताइएको छ । महिला कलाकारमाथि पाकिस्तानमा इस्लामिक धर्मको विरुद्ध भएको आरोपमा बारम्बार यस्तै आक्रमण भएको पाइन्छ ।
    गत वर्षको जुनमा पनि १८ वर्षीया एक नायिकामाथि सुतिरहेको अवस्थामा एसिड प्रहार गरिएको थियो । बसहरा नामकी ती टेलिभिजन नायिक उत्तरपश्चिम पाकिस्तानमा प्रख्यात रहेकी थिइन् । रासस÷एएफपी

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु