• पानी महाअभियानमा राजेशपायलले फैल्याए सहयोगी हात

    म्यूजिक खबर
    प्रकाशित: २२ भाद्र २०७३, बुधबार

    काठमाण्डौ । एनआरएनए पोल्यान्डका बरिष्ठ उपाध्यक्ष मित्रलाल पार्देको पहलमा “हरेक घरमा धारो होस, हरेक गाउमा सिचाइ होस” मुल उद्देश्यमा आधारित भएर शुरुवात गरिएको पानी अभियान अब हाम्रो साझा मुद्दा भएको छ । दाङको लक्ष्मीपुर ७ र ८ नं वडामा पानीको हाहाकार भएको ठाउँ जहाँ, एक गाग्री पानी भर्न पनि निकै कठिन छ । धाराहरु सुकेका छन । पानीको सानो जरुवा, त्यो पनि एकै छिनमा सुक्छ । २ घन्टा लगाएर एक गाग्री पानी लिन टाढा जानू पर्छ । गाई गोरुको लागि ५ किलोमिटर टाढा सिस्ने खोला जानु पर्छ ।

    जिवीत प्राणी जगतलाई नभै नहुने पानीको चरम समस्यालाई समाधान गर्न र ग्रामीण उद्यमशीलतालाई माथी उठाउन “घर घरमा धारा, गाउँ गाउँमा सिंचाई” भन्ने मुल नाराका साथ करोडको पानी अभियानमा नेपालका चर्चित लोकप्रिय गायक राजेश पायल राईले आफुले पनि नारालाई टुंगोमा पुर्याइछाड्न पहल गर्ने र आफ्नो तर्फबाट बिशेष सहयोग गर्ने जानकारी दिएका छन् । बिदेशी भुमिमा बसेर नितान्त निश्वार्थ रुपले गाउँले पानी पाओस् भन्दै एउटा साधारण युवाले शुरु गरेको पानी अभियान चानचुने अभियान होइन । यो महाअभियानमा हामी कलाकर्मिको साथ पनि हुनु जरुरी छ । प्रत्यक्ष गाउँको अनुहार बदलिने पानी अभियानमा राजेश पायल राईले आफ्नो तर्फबाट हृदय देखि सहयोग गर्ने र अरु कलाकारहरुलाई पनि यो अभियानमा सहयोग गर्न अभिप्रेरित गर्ने राईले बताएका छन् । सयौको संख्यामा चर्र्चीत गीत गाइसकेका राजेश पायल राइले गायनको साथसाथै विभिन्न सामाजिक कामहरुमा पनि सक्रिय भुमिका खेलेका छन् । हालसालै मात्र महावीर पुनको अभियानलाई साथ दिएका राजेश पायल राइले हरेक घरमा धारो र सिंचाइ नारा पूरा गर्नुपर्छ भन्ने सोच राख्दै पानी अभियानलाई पनि आफ्नो तर्फबाट सकेको आर्थिक सहयोग गर्ने बताएका छन् ।

    मानव सेवा मात्र नभई प्राणी जगतकै सेवा हेतु सुरु भएको ‘घर घरमा धारा, गाउँ गाउँमा सिंचाई’ अभियानमा गायक राजेश पायल पु¥याएको योगदानले सार्थकता पाओस् । पानी नपाएर छट्पटिएको गाउँको लागि र पानी नपाएर बर्षौंदेखि तड्पिएका बुवा आमाहरुको घाँटी भिजोस् । भोटो धुने पानी होस्, हरेक गाउँ हरियाली होस्, हरेक बनस्पति, जनावर, मान्छे एवम सृष्टिका सबै पानी नपाएर तड्पिन नपरोस् भन्दै हरेक घरमा धारा होस हरेक गाउँमा सिंचाइ होस् । यस पानी अभियानमा सबै समस्याको समाधान गर्न, आफ्नो गोजीको पैसा काटेर एक छाक कम गरेर भए नि धेरै देश विदेशका युवाहरु लागि पर्नु भएको छ । Rajesh payal rai

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु