पिपलुको छायाँ मुनी प्रेमीसँग रोमान्स गर्दा गर्दै भेटीइन् केकी (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १८ बैशाख २०७४, सोमबार
Keki adhikari-Binod
वैशाख १८, काठमाडौं । गायक केशव भट्टको नयाँ गीत पिपलुको छायाँको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा पछिल्ले समयकी ब्यस्त अनि चर्चित मोडल तथा नायिका केकी अधिकारीको अभिनय रहेको छ । सुदुर पश्चिमको ठेट कला संस्कृतिको महत्वलाई नजिकबाट केलाएको भिडियोमा केकीलाई बिनोद न्यौपाने अभिनयमा साथ दिएका छन् ।
भिडियोले प्रेमील जोडीलाई सम्मान गर्दै उमेर पुगेका युवा युवतीले किशोरावस्थामा देखाउने हाउभाउ मार्फत प्रेम आर्कषण नभई सामिप्यता गाँस्ने एउटा माध्यम पनि हो भन्ने कुरालाई देखाउन खाजेको छ ।
Keki Adhikari
जसमा पछिल्लो समयका ब्यस्त अनि चर्चित संगीतकार शब्द तथा संगीत रहेको छ । भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका हुन् । पछिल्लो समय सांगीतिक यात्रालाई विशेष समय दिएर लागी परेका गायक भट्टको को फूल जस्तै कोमल माया बोलको गीतले यसअघि राम्रो चर्चा बटुलेको थियो ।
भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु