• पीएसको ‘इच्छा–२’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १४ आश्विन २०७२, बिहीबार

    ललितपुर । हङकङ निबासी गायक तथा गीतकार पीएस लिम्बुले पहिलो एल्बम इच्छाको सफलतापछि ‘इच्छा–२’ लिएर आएका छन् । ललितपुरस्थित बिएफबिएस गोर्खा रेडियोको प्रत्यक्ष रेडियो कार्यक्रम स्वर्णिम संगम मार्फत बरिष्ठ संगीतकार बुलु मुकारुङको हातबाट इच्छा–२ को सार्वजनिक गरिएको हो ।
    ‘इच्छा–२’ एल्बमको बिएफबिएस गोर्खा रेडियो काठमाडौँका स्टेसन म्यानेजर बिनोदध्वज खड्काको सभापतित्वमा प्रमुख अथिति बरिष्ठ संगीतकार बुलु मुकारुङको हातबाट रेडियो मार्फत संसारभरका लाखौ श्रोताहरुको बीचमा तथा बिशिष्ट अतिथिहरु गायिका तारा लिम्बु, निशा देसार, संगीतकार यासेली योङहाङ, बब्रिम लिम्बु, मोडल रुपा आङबुहाङ, रशि लिम्बु र विभिन्न संचारमाध्यमका पत्रकारहरुको बीचमा लोकार्पण गरिएको हो ।

    bulu mukarung-nisha
    उक्त एल्बम बिमोचन कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथिहरुले पिएस लिम्बुको रचना तथा जादुमय स्वरलाई प्रशंसा गर्दै चाँडै नै सांगीतिक फाँट र देश बिदेशमामा बेग्लै पहिचान बनाउन सक्ने भन्दै बधाई तथा शुभकामना दिएका थिए । ‘इच्छा—२’ एल्वमभित्र पाँचवटा गीतहरु अचानक मन, तिमी खुशी छौ त, पछ्यौरी ल््हासिर, कम्याक नुबा, र ओतेरो ओतेरो जस्ता गीत समावेश गरिएका छन् । जसमा दुई वटा नेपाली भाषाको गीत, दुई वटा लिम्बु भाषाको गीत र एउटा गुरुङ भाषाको गीत रहेको छ । सवै गीतहरु थ्रीजी साउण्ड इन्कले बजारमा लिएर आएको हो । ‘इच्छा–२’ एल्वममा रहेको गीतहरुमा गायक पीएस लिम्बु, गायिकाहरु निशा देसार, मनिका पाण्डे तथा माया गुरुङले स्वर दिएका छन् ।

    saroj-ps
    संगीतकार हरि लम्साल, शिखर सन्तोष, कृष्ण कुमार गुरुङ, यासेली योङहाङ र बब्रिम लिम्बुले ‘इच्छा–२’ एल्बमका गीतमा संगीत दिएका छन् । गायक पीएस लिम्बुले आफ्नो एल्वममा संग्रहित गीतहरुले स्रोताहरुको मन जित्ने विश्वास लिएका छन् । उनले पहिले भएको कमीकमजोरीलाई सुधार गर्दै दर्शक तथा श्रोताहरुबीच लिएर आएको हुनाले यस एल्बमलाई मन पराइ आफ्नो कमेन्ट दिनका लागि सबैसँग आग्रह गरेका थिए ।
    कार्यक्रमको संयोजन तथा प्रतक्ष प्रसारण चर्चित उद्घोषक,संचारकर्मी मनोरञ्जन दुनियाँको साथी रेडियो तथा टिभी प्रस्तोता एवं अभिनेता सरोज केसीले गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु