• परावृत्तमा बफिन्स ९८

    म्यूजिक खबर
    प्रकाशित: २० चैत्र २०७०, बिहीबार ०६:४९

    काठमाडौं, २० चैत । बफिन्स ९८ समूहले परावृत्त नामक गीतिएल्बम बजारमा ल्याएको छ । यसभन्दा अघि भाग–१ र भाग–२ ल्याइसकेको बफिन्सले तेश्रो प्रस्तुतिका रुपमा परावृत्त लिएर आएको हो । परवृत्तमा बफिन्स ९८ मा आबद्ध विवेक, चन्द्रु, विजय, सन्जीव, कृष, प्रताप, रोशन र जीवन आबद्ध रहेका छन् । बफिन्स ९८ एउटा ब्यान्ड भएका कारण यी सबै कलाकारहरुको यसभित्र उत्तिकै मेहनत रहेको छ ।
    परावृत्तमा करोडौं सन्तान, बुकी फूल, एउटा सादा कागज, एक्लो यो संसारमा, माघ है आयो, मेरो मनको हो कथा, भो भो प्रिति, रुदैंछ कर्णाली भूमी, अनन्त सागरमा, नेपाल जस्ता गीतहरु समावेश गरिएको छ । पुरावृत्तका गीतहरु भने सन्जीव गुरुङले लेखका छन् भने बुकी फूल गीत मात्र स्ट्रगल रानाले लेखेका छन् । एल्बममा समावेश १० गीतमा सञ्जीव गुरुङकै संगीत र स्वर रहेको छ । कुनै गीतहरुलाई सञ्जीवले मिडियामा प्रकाशित एवं प्रसारित स्रोतलाई लिई गीत सिर्जना गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु