• पुष्पाको अन्तिम ईच्छामा बिनापारिश्रमिक मोडलिङ गर्दै दुर्गेश

    म्यूजिक खबर
    प्रकाशित: ८ भाद्र २०७४, बिहीबार

     दिनेश थापा


    ८ भाद्र २०७४, काठमाडौं । पछिल्लो समय निकै चर्चा कमाउन सफल भएका गायक तथा मोडल दुर्गेश थापा बिना पारिश्रमिक म्युजिक भिडियोमा मोडलिङ गर्दै छन् । गायिका बन्ने अपुरो सपना बोकेर जीवनसँग लडिरहेकी पुष्पा शर्मा रगत सम्बन्धी रोगबाट पीडित छन् । समय समयमा शरिरमा भएको रगत परिवर्तन गरिरहनु पर्ने खतरनाक रोगबाट पीडित पुष्पाको आग्रहलाई स्विकार गर्दै दुर्गेशले बिना पारिश्रमिकमा म्युजिक भिडियो खेलेका हुन् ।

    हाल सुटिङ सकिएर सम्पादनमा रहेको ‘विदाई’ एल्बम को म्युजिक भिडियो छिट्टै सार्वजनिक हुनेछ । दुर्गेशले सबै कुरा पैसामा तुलना गर्न नहुने र कसैको अन्तिम इच्छालाई मेटाउन पनि नहुने भन्दै आफूले निःशुल्क मोडलिङ गरेका र निःशुल्क मोडलिङ गर्दा आफूलाई कुनै पनि असर नहुने भएको बताए । उनले भने, ‘कसैको अन्तिम ईच्छा हो भने हामीले कुनै स्वार्थ नहेरी उसको इच्छालाई पुरा गरिदिनुपर्छ ।

     

    पुष्पा बहिनीले मलाई आफ्ना सम्पुर्ण कुरा बताएपछि मैले उनको बाँकी रहेका केही पल खुसीका साथ बितोस भन्ने चाहानाले आफूले गरेका कामको कत्ति पनि पारिश्रम नलिएको हुँ ।’ दाङकी १६ वर्षकी गीतकार तथा गायिका पुष्पा दुर्गेशको निकै ठूलो फ्यान हुन् । ‘विदाई’ बोलको उक्त गीतमा उनले आफ्नो जीवनमा मेल खाएको शब्दलाई जोड दिएर प्रस्तुत गरेको भिडियोका लागि दुर्गेशलाई पहल गरेकी हुन् ।

     

    भिडियोमा दुर्गेश र पुष्पा सँगै अभिनय गरेका छन् । डाक्रका अनुसार पुष्पाको रगतमा कुन रोग हो भनेर रोग अझै पनि पत्ता नलागेको पुष्पाले बताएकी छन् । यस गीत पुष्पाले आफू भोली मरेर गए पनि सम्झनामा रहिरहोस भन्ने चाहानाले निर्माण गरेकी हुन् । गीतमा पुष्पालाई गायक गोपाल जिएमले स्वरमा साथ दिएका छन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु