
मङ्सिर ४,काठमाडौं । चर्चित गायिका पूजा सुनुवारले पछिल्लो समयमा नेपालभाषी तिमिला या जः थ्व नुगलय बोलको गीत गाएकी छिन् । गायिका भएपछि सवैभाषाका गीत गाउन सक्नु पर्दछ भन्ने अवधारणा राख्ने गायिका सुनुवारले किशोर शाहीसंग गाएको रोमान्टिक गीतको हेटौडाको कुलेखानीमा छायाँकन समेत भएको जानकारी नेपालभाषाका प्रसिद्ध चलचित्र निर्माता तथा निर्देशक सुरेश खड्गीले दिएका छन् ।
गायक किशोर शाही तथा रोजिना सुवालको अभिनय रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन बिनोद बज्रचार्यले गरेका छन्। सह–निर्देशन रविता महर्जनले गरेकी छन् । छायाँकन नेपालभाषाका ख्यातिप्राप्त छायाँकार शैलेश डंगोलले गरेका छन् । चाँडै नै यो गीतको भिडियो रिलिज हुने छायाँकार डंगोलले भनेका छन् ।