• देवी र राजुले ल्याए मौलिक गीत ‘झलीको झलल’, दर्शकश्रोताको उच्च तारिफ

    म्यूजिक खबर
    प्रकाशित: २५ बैशाख २०८२, बिहीबार

    वास्तविक रुपमै जोडी रहेका लोकप्रिय सांगीतिक जोडी देवी घर्ती र राजु ढकालले नयाँ मौलिक गीत लिएर दर्शकमाझ आएका छन् । देवी घर्ती अफिसियल युट्युव अकाउन्डमार्फत ‘झलीको झलल’ बोलको गीत सार्वजनिक गरिएको हो।
    नविन रानाको शब्द रहेको गीतमा देवी र राजुकै स्वर सुन्न सकिन्छ। एचबिएन किस्मतले गीतमा संगीत तथा एरेन्ज गरेका छन्।

    गीतको भिडिओमा पनि देवी र राजु स्वयमनै फिचर्ड छन्। जेरी भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको गीत ग्रामीण परिवेशमा तयार पारिएको छ।

    नवराज उप्रेतीले खिचेको गीतको भिडयोलाई रामकुमार मगरले सम्पादन गरेका हुन्। आठ दिनअघि सार्वजनिक भएको गीत मिलियन भ्युजको संघारमा रहेको छ ।

    गीतलाई दर्शकहरुबाट गीतको समग्र पक्षको तारिफ गरिएको छ । कतिपयले गायिका देवी रहेसम्म नेपाली संगीतमा मौलिकता रहन्छ भनेका छन् भने कतिपयले जति सुन्यो उति सुनिरहुँ लाग्ने गीत भनेर कमेन्ट गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु