![LP Joshi-Laxmi Prasad Joshi](https://musickhabar.com/wp-content/uploads/Lp-josi-150x150.jpg)
२७ कार्तिक, २०७४ पोखरा । पोखरेली वाङ्मयिक संस्थाका अध्यक्षहरु शनिबार पोखरा थियटरमा भेला भएर पोखराको नाटकलाई कसरी माथि उठाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् ।
नवनिर्मित थियटरले आफ्नो औपचारिक नाटक मञ्चन सुरु गर्नुअघि विभिन्न विधा र क्षेत्रका संस्था र व्यक्तिहरुसँग भेटघाट गर्ने क्रममा शनिबार पोखराबाट साहित्य, सङ्गीत, कला, संस्कृतिका क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको अध्यक्ष परिवर्तनले जानकारी दिनुभयो । कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीपले थियटरलाई व्यावसायिकता दिन सके मात्रै पोखराको रङ्गमञ्चले गति लिन सक्ने बताउनुभयो । हरिदेवी कोइराला साहित्य सङ्गीत कोष तथा स्वतन्त्र पत्रकार सङ्घका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले सञ्चार र संस्थाका तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो । हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले पोखराबाट नाटकका क्षेत्रमा ठूलो योगदान गर्न सकिने बताउँदै संस्कृतिसँग त्यसलाई जोड्नुपर्ने बताउनुभयो । गुरुङ साहित्यिक मञ्चकी अध्यक्ष गौरी तमुले पोखराको सेरोफेरोका संस्कृतिलाई समेटेर नाटक तयार पार्नुपर्नेमा जोड दिनुभयो ।
सञ्चारकर्मी रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा गुरुकुल सङ्गीत प्रशिक्षण केन्द्रका प्रबन्ध निर्देशक तीर्थराज पोखरेल, मुक्तक मञ्चका अध्यक्ष प्रान्जल, सङ्घर्षमा कलम साहित्य समाजका अध्यक्ष असफल गौतम, प्रगतिशील लेखक सङ्घ, कास्कीका अध्यक्ष भीम रानाभाट, गण्डकी साहित्य सङ्गमका अध्यक्ष कृष्णराज अधिकारी, सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले, गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदी, जनसांस्कृतिक महासङ्घ प्रदेश नं. ४ का संयोजक मदन भण्डारी, साहित्य शृङ्खलाका सहसंयोजक लक्ष्मी थापा, दीपशीखा साहित्य सङ्गमका अध्यक्ष रामजीप्रसाद आचार्य, ¥याण्डम रिडर्स सोसाइटीकी मीरा ढकाल, पोखरेली न्युज साप्ताहिकका सन्जय मल्ल, जोजिजू म्युजिक सेन्टरकी सानु जोजिजू, लेखनाथ साहित्य प्रतिष्ठानका धर्मराज पौडेललगायतले पोखरा थियटरलाई आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।