• पौष ११ मा विधवा

    म्यूजिक खबर
    प्रकाशित: ४ कार्तिक २०७१, मंगलवार

    काठमाडौं । विधवाको विषयवस्तुलाई आधार मानेर निर्माण गरिएको चलचित्र ‘विधवा’ पौष ११ देखि हलहरुमा आउने भएको छ । अल नेपाल रिलिजको तयारी गरिएको यो चलचित्र बाल्य अवस्थामा विधवा बन्नु परेपछि कस्तो बाध्यता र अड्चन खेप्नु पर्छ भन्ने कुरा विधवामा देखाइएको छ । विधवा एक सशक्त नारीप्रधान र एक्सन चलचित्र भएको निर्माण पक्षले जनाएको छ ।
    चलचित्रमा गिरीप्रसाद सुनारको निर्माण, मनोज श्रेष्ठको निर्देशन, मानबहादुर घिमिरेको कथा रहेको छ । शङकर अधिकारी ‘घायल’को गीत र विकाश चौधरीको सङ्गीत रहेको यस चलचित्रमा दिलीप रायमाझी, सोनु घिमिरे, विध्या कार्की, सुर्य जीसीलगायतका कलाकारहरुको अभिनय रहेको छ । मदन एलिसा फिल्मको प्रस्तुति रहेको यस चलचित्रमा नृत्य निर्देशक विवेक थापा, छाँयाकन दिपक परियार र द्वन्द्व हिमाल केसीको रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु