• प्रकाशको यूएई भ्रमणमा १० वटा म्यूजिक भिडियो

    म्यूजिक खबर
    प्रकाशित: ३० कार्तिक २०७२, सोमबार

    चर्चित म्यूजिक भिडियो निर्देशक एवं कोरियोग्राफर प्रकाश भट्ट गत १९ गते यूएई भ्रमणमा निस्केका थिए । उनको मुख्य उद्देश्य भ्रमण मात्र थिएन त्यहाँ रहेका गीतकार, मोडल एवं संगीतप्रेमीको बीचमा १० वटा गीतको म्यूजिक भिडियो निर्माण गर्नु थियो । उनको उद्देश्यअनुसार यूएईको अलाइन शहरलगायतका विभिन्न शहरमा १० वटा म्यूजिक भिडियोको निर्देशन एवं निर्माण हुने भएको छ । ६ वटा गीतको म्यूजिक भिडियो निर्माण भइसकेको छ भने ४ वटा गीतको छायाँकन हुन बाँकी नै रहेको छ ।
    भट्टले यूएईको भ्रमणमा रहँदा निर्देशन गरेका गीतहरु गायक प्रमोद खरेलको स्वरमा रहेको झुपडी पनि, तिमी त सन्चै, तिम्रो मेरो सम्बन्ध र मन दुखेर आयो, रामकृष्ण ढकालको स्वरमा रहेको टाढा हुँदा, मिलन लामाको स्वरमा रहेको जाम क्यारेलगायतका गीतहरु रहेका छन् । सम्पूर्ण गीतहरुको छायाँकन यूएईको रमणीय शहरका विभिन्न क्षेत्रमा गरिएको हो । भट्टले सम्पूर्ण गीत उपलब्ध गराइदिने सर्जक, कलाकार र अभिनय गर्ने कलाकारमा आभार प्रकट गर्दै सहयोगी हातहरुलाई पनि धन्यवाद दिएका छन् । यूएईमा रहँदा लक्ष्मण अधिकारी, अर्जुन कार्की, राज कुमार कार्की र मीन बहादुर नेपाली को सहयोगलाई उनले कहिल्यै नबिर्सने गुणको रुपमा लिएका छन् ।

    uae3
    बिगत ८ बर्ष देखि यूएइको अलाइन शहरमा बस्दै आएका कलाकार मोहन बोगटीको निमन्त्रणामा यूएई गएर छायाँकन गरिरहेका छन् ।
    उक्त गीतको म्यूजिक भिडियोमा भने विक्रम लामा, सुजना नेपाल, अनिता गिरी, पवन लुईटेल, मेनुषा तामाङ, कुण्ठमान तामाङ, सुनिल मगर, सारिका सुनार, मोहन बोगटी, पूजा भट्ट सुनिता शर्मा को अभिनय रहेको छ । त्यस्तै एउटा पिकनिक स्टाइलको गीतमा भने अलाइन शहरमा बस्ने नेपालीहरु लक्ष्मण अधिकारी, मीन बहादुर नेपाली सुशील केसी, अर्जुन कार्की लगायत अलायनमा बस्ने धेरै नपालीको अभिनय रहेको भट्टले बताए । यी कलाकारहरुमध्ये मीन बहादुर नेपालीको भने अलाइन शहरमा नेपाली खाना पाइने रेस्टुरेन्ट रहेको छ भने अन्य सहयोगीहरु भने विभिन्न कम्पनीमा कार्यरत नेपालीहरु हुन् ।

    uae6uae2uae4uae5

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु